पैदल र पेदलमैत्री शहरको नारासहित साइकल कनेक्ट भक्तपुरद्वारा न्हू दँ भिन्तुना साइकल ¥याली


कार्तिक २०, २०७८, शनिबार | विहान ०७:२० बजे | 45


पैदल र पेदलमैत्री शहरको नारासहित साइकल कनेक्ट भक्तपुरद्वारा न्हू दँ भिन्तुना साइकल ¥याली

भक्तपुर । राष्ट्रिय संवत् नेपाल संवत् ११४२ नयाँ वर्षको स्वागत गर्दै साइकल कनेक्ट भक्तपुरद्वारा “पैदल र पेडल मैत्री शहर”को नारासहित उपत्यकाव्यापी भिन्तुना साइकल ¥याली आयोजना गरेको छ । नयाँ वर्षको शुरूवाट स्वच्छ, सफा तथा स्वस्थ तरिकाबाट गर्दा वर्षभरि नै सोही अनुसार प्रेरणा मिल्ने विश्वासका साथ वातावरण तथा स्वास्थ्यमैत्री साइकल ¥यालीको आयोजना गरिएको समूहका अध्यक्ष सुमित बालाले जनाएका छन् ।
साइकल ¥याली भक्तपुर दरबार क्षेत्रबाट शुरू भइ नेपाल भाषाका अमर नक्षत्र मास्टर जगतसुन्दर मल्लको शालिक रहेको स्थान खौमा हुदैँ अगाडि बढेको थियो । सो ¥याली नेपाल संवतका प्रवर्तक शंखधर साख्वाको सालिक रहेको स्थान शंखधर चोक नयाँ ठिमी हुदैँ बहाका बजार, पुरानो सिनामंगल, जडीबुटी कोटेश्वर, बानेश्वर माइतीदेवी, नक्साल, नारायणहिती, ठमेल, असन इन्द्रचोक हुदैँ बसन्तपुर काठमाडौँ दरबार क्षेत्रमा पुगेर नयाँ वर्षको शुभकामना आदानप्रदान गरेको थियो । तत्पश्चात धरहारा, त्रिपुरेश्वर, थापाथली, कुपोण्डोल, पाटनढोका हुदैँ पिमबहालमा समयबजी कार्यक्रम र मंगलबजारमा शुभकामना कार्यक्रम पश्चात पुनः भक्तपुर दत्तात्रय हुदैँ भक्तपुर दरबार स्वायरमा आई ¥याली समापन भएको थियो ।
भक्तपुर तथा भक्तपुर वरिपरि रहेका साइकल यात्री तथा साइकल प्रमीहरूलाई समेटेर पैदलमैत्री तथा साइकलमैत्री शहर निर्माणको निम्ति चेतना बढाउने उद्देश्यले स्थापित साइकल कनेक्ट भक्तपुर समूहले हरेक हप्ता शनिबार भक्तपुर वरिपरी रहेकाका विभिन्न स्थलहरूमा साइकल यात्रा आयोजना गर्दै आइरहेको छ । साथै यस समूहले भक्तपुरमा साइकल संकृतिको विकासको उदेश्यसहित हरेक महिनाको प्रथम शुक्रबार भक्तपुर नगरमा सुर्यमढीदेखि दरबार क्षेत्रसम्म खुल्ला साइकल ¥याली आयोजना गर्दै आइरहेको छ ।

Comments