सरकारले गर्यो आजैदेखि लकडाउन अन्त्यको घोषणा
साउन ६, २०७७, मङ्गलबार | दिउँसो ०१:४२ बजे | 45
काठमाडौं । सरकारले लकडाउन अन्त्यको घोषणा गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले मंगलबार मध्यरातिदेखि लागू हुने गरी लकडाउन अन्त्यको निर्णय गरेको हो ।
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री समेत रहेका सरकारका प्रवक्ता डा युवराज खतिवडाले लकडाउन अन्त्य भए पनि कोरोनाको संक्रमणबाट बच्न आवश्यक रणनीति अपनाइने बताए । सरकारले गत चैत ११ गतेदेखि लकडाउन जारी गरेको थियो ।
(आयोमेल)