भक्तपुरका व्यवसायीहरुबाट काठमाडौं बाहिर ठूलो सेरामिक्स उद्योग सञ्चालनको तयारी
काठमाडौ । नेपालमै ठूलो लगानीमा सेरामिक्स उद्योग खोल्ने तयारी सुरु गरिएको छ । कास्की जिल्लाको रुपाकोट गाउँंपालिका पोल्याण्डस्थित ८० रोपनीको जग्गामा उद्योग स्थापनाका लागि तयारी सुरु गरिएको छ ।
उद्योग स्थापना गर्न अहिले त्यहाँ जग्गा विकासको काम भइरहेको जनाइएको छ । जग्गा विकाससँगै भौतिक संरचनाको निर्माण कार्य सुरु गर्न लागिएको जनाइएको छ । त्यसका लागि विहीबार भक्तपुरमा बंगलादेशी परामर्शदातासँंग एमओयू (समझदारीपत्रमा) हस्ताक्षर गरिएको छ । वंगलादेशी सेरामिक्स विज्ञ प्रमिल दाससँंग समझदारीपत्रमा हस्ताक्षर भएको हो । दास विगत चार दशकदेखि वंगलादेशमा सेरामिक्समा काम गरी सेरामिक्स विज्ञको रुपमा कहलिएका छन् । दासकै डिजाइन अनि सुपरभिजनमा अहिले धमाधम काम सुरु हुन लागिएको जनाइएको छ ।
देशका ६ जना विभिन्न व्यवसायीहरुको जग्गासहित २५ करोडको लगानीमा उद्योग सञ्चालन गर्ने योजना राखिएको छ । लगानीकर्तामध्येका एक भक्तपुरका लगानीकर्ता ईन्जिनियर कृष्णभक्त दुवालले आगामी ६ महिनाभित्र सामान उत्पादन गरिसक्ने योजना रहेको सुनाए । उनका अनुसार यसका लागि अहिले मेशिन नेपाल भित्राउने योजनाका कामहरु भइरहेका छन् । मेशिन भित्राउन चाइनिज कम्पनीसँंग सम्झौता भइसकेको उनले सुनाए । साथसाथै बंगलादेशी परामर्शदाताको सुपरभिजनमा अन्य कामहरु ध्माधम सुरु हुने उनले जनाए ।
उद्योगको धेरै विशेषताहरुमध्ये वातावणमैत्री एउटा मुख्य विशेषता रहेको जनाइएको छ । उद्योगका कारण वातावरणमा नकारात्मक प्रभाव नपार्ने गरी वातावरणमैत्री रुपमा उद्योग सञ्चालन गर्ने दुवालले सुनाए । यसका लागि जर्मनी हफ म्यान प्रविधि (इटा पोल्ने जर्मन प्रविधि) को प्रयोग गरिने उनले सुनाए ।
उद्योगले परम्परागत सेरामिक्स उपात्दमा फड्को मार्ने विश्वास गरिएको छ । किनकि उद्योगले परम्परागत प्रविधिमा नभई नयाँं प्रविधिको प्रयोग गरी ठूलो स्केलमा ठूलो उद्योगको रुपमा उत्पादन थाल्नेछ ।
उद्योगले कलात्मक घर तथा मठमन्दिर बनाउनका लागि आवश्यक कलात्मक इटाहरु जस्तै बुटे इँटा, तेलिया इँंटाका साथै चाइनिज र लोकल इटाहरु उत्पादन गर्नेछन् ।
उद्योगबाट उत्पादित सेरामिक्सका सामानहरु देशैभरि विक्रीवितरण गर्ने योजना राखिएको छ । साथै यसलाई विदेशमासमेत निर्यात गर्ने लक्ष्य राखिएको छ । यसले नेपालमा भइरहेको सेरामिक्स आयातलाई केही मात्रामा भए पनि घटेर व्यापार घाटा न्युनीकर(ा हुने विश्वास गरिएको छ ।
नेपालमा हाल भारतलगायतका देशहरुबाट सेरामिक्स क्लाइडिग टायल आयात भइरहेको छ भने यहाँंबाट विभिन्न सेरामिक्स प्रोडक्ट जर्मनीलगायतका देशहरुमा निर्यात पनि भइरहेको जनाइएको छ । नेपालबाट बुटे इटा, डाँची इटालगायतका सेरामिक्सका इटाहरु निर्यात भइरहेका छन् ।
देशमा सेरामिक्सका सामान उत्पादन गर्ने उद्योगहरु आवश्यक मात्रामा स्थापना गर्न नसक्दा वर्षेनि देशबाट १० अर्ब वढी रुपैयाँ बाहिरिने गरेको बताइन्छ । सेरामिक्सको माटो नेपालमै उपलब्ध हुने भएको भए पनि उद्योग नभएका कारण विदेशबाट सामान आयात गर्नुपर्ने बाध्यता छ ।
निकासी तथा प्रवद्र्धन केन्द्का अनुसार सेरामिक्स आयातको क्रम वर्षेनी वढ्दो छ ।
नेपालमा सेरामिक्सको व्यवसायिक उत्पादन हुन थालेको झण्डै चार दशक भएको बताइएको छ ।
निकासी तथा प्रवर्धन केन्द्रकै अनुसार विगत १० वर्षमा सेरामिक्सको वार्षिक आयात औसत वृद्धिदर भने झण्डै ३० प्रतिशतको हाराहारीमा रहेको छ । नेपालको सेरामिक्स उत्पादनले नेपाली बजारको दश प्रतिशत मात्रै माग धान्ने तथ्यांक छ ।
नेपालको सेरामिक्स बजारमा भारतबाट मात्र कुल आयातको ८० प्रतिशत भन्दा वढी सेरामिक्स आयात भएको तथ्यांक छ । यस्तै चीनबाट कुल आयातको दस प्रतिशत भन्दा वढी आयात भएको देखिन्छ । विगत १० वर्षको सेरामिक्सको वार्षिक आयात औसत वृद्धिदर २७ प्रतिशत रहेको बताइन्छ ।