यस्तो छ नेपाल बक्सिङ संघको भनाई
साउन ६, २०७७, मङ्गलबार | विहान १०:५३ बजे | 65
काठमाडौं । नेपाल बक्सिङ्ग संघको मिति २०७६ साउन २५ को निर्णय एवं राष्ट्रिय खेलकुद नियमावली–२०७७ विपरित संघको नामबाट झुटा प्रतिनिधी भन्दै जिल्ला संघ गठन गरेको भन्ने समाचार सुन्नमा आएकोले सो सम्बन्धमा नेपाल बक्सिङ्ग संघको गम्भीर ध्यान आकर्षण भएको छ । राष्ट्र लगायत विश्वभरनै कोरोना भाइरस (कोभिड – १९) को माहामारीले ग्रस्त भइरहेको सर्वविदितै छ । राष्ट्रको खेलकुद क्षेत्रको सर्वाेच्च निकाय राष्ट्रिय खेलकुद परिषद्ले यो महामारीबाट हुन सक्ने सम्भाव्य जोखिमलाई मध्यनजर गर्दै देशमा कुनै पनि प्रकारको खेलकुदका गतिविधि लगायत संघसंस्थाको कुनै पनि कार्यक्रम अर्काे सुचना नआए सम्मको लागि नगर्नु नगराउनु भन्ने मिति २०७६ फाल्गुन २८ मा परिपत्र भएकोले सोहि अनुसार नेपाल बक्सिङ्ग संघले मातहतका जिल्ला÷प्रदेशको गठन एवं अधिवेशन कार्यक्रम नगर्न, नगराउनु हुन सम्बन्धित सबै जिल्ला, प्रदेश बक्सिङ्ग संघलाई जानकारी गराईन्छ । साथै उक्त लकडाउन अवधिभर राष्ट्रिय खेलकुद परिषदको निर्देशन र नेपाल बक्सिङको अनुमति बिना गठन गरिएका जिल्ला, प्रदेश संघहरुलाई केन्द्रीय बक्सिङ्ग संघको मान्यता नहुने समेत जिल्ला, प्रदेश बक्सिङ्ग, खेलाडी प्रशिक्षक, खेल प्रेमी दाजुभाई दिदीबहिनीमा जानकारी गराउदछौं । राम अवाले, अध्यक्ष, नेपाल बक्सिङ संघ