भक्तपुर मालपोतमा किन लाग्यो घण्टी छाप चुपचाप नारा ? (भिडियोसहित)
बैशाख ९, २०८३, बुधबार | राति ०७:५५ बजे | 1170
भक्तपुर । भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुर कमलविनायबाट प्रहरीले बुधबार ११ जनालाई पक्राउ गरेको छ । कार्यालयभित्रका कोठाहरूमा पुगेर काम गरिरहेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
कार्यालय परिसरभित्रै बसेर बिचौलियाको भूमिका खेलेको आरोपमा उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । जिल्ला प्रहरी परिसर भक्तपुरका निमित सूचना अधिकारी शुभेश अधिकारीले भक्तपुर नगरपालिका वडा नं ९ स्थित भूमिसधुार तथा मालपोत कायाालर्य कमलविनायक भित्रबाट उनीहरुलाई पक्राउ गरेको जनाए । भक्तपुर लेखापढी व्यवसायी तथा भूमि सेवा व्यवसायीको नाममा कायाालय परिसर भित्र प्रवेश गरी सेवा प्रवाहमा असर पुरयाउने गरेको भन्ने सचूना प्राप्त भएकोले जिल्ला प्रहरी परिसर भक्तपुरबाट खमटएको प्रहरी टोलील ेसेवा प्रवाहमा असर पुयाउने ११ जना मानिसहरुलाई यिन्त्रणमा लिई आवश्यक थप अनसुन्धान कार्य गरिरहेको जनाएको छ । सरकारी कार्यालयभित्रका कोठाहरूमा पुगेर काम गरिरहेको पाइएपछि कारबाही गर्नुपरेकोले उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको हो ।
यसअघि हिजो मंगलबार (सूचना माथि मुख्य पृष्ठको हो) मात्रै लेखापढी व्यवसायीहरूले आफ्नै कार्यालयबाट मात्रै सेवा दिनुपर्ने, कार्यालयभित्र सेवाग्राही मात्रै आउन पाउने भनी सूचना टाँस गरेको थियो । यसअघि जिल्ला मालपोतले परिचय पत्र बोकेका लेखापढी मात्रै प्रवेश गर्न पाउने व्यवस्थाको सूचना प्रकाशित गरी टाँंस गरेको थियो । तर जिल्ला प्रशाशनबाट परिचय पत्र भएकालाई पनि प्रवेश नगराई सेवाग्राहीलाई मात्रै प्रवेश गराउने आदेशपछि मालपोलले सेवाग्राही मात्रै प्रवेश गर्न कार्यालय प्रवेशद्धारमै सूचना टाँंस गरेको थियो ।
सूचना टाँसको भोलिपल्टै दिउँसै सुरुमा त्यहाँं सिभिल प्रहरीले चेकजाँंच गरेको थियो । त्यसपछि सेवाग्राहीबाहेकको पहिचान गरेपछि नेपाल प्रहरीको गाडी आएको थियो । यसपछि उनीहरुलाई पक्राउ गरेर प्रहरीको भ्यानमा राखेर लगिएको थियो ।
प्रहरीले पक्राउ गरेर गाडीमा राख्ने वितिकै त्यहाँं विरोध सुरु भएको थियो । एकजना व्यक्ति मालपोत गेटमै बसेर आक्रोशित हुँंदै घण्टी छाप चुपचाप नारा लगाइरहेका थिए । घण्टीमा भोट राखेका कारण यो अवस्था सृजना भएको उनको भनाई देखिन्छ । (भिडियोको लागि एबीसीडी खवर फेसबुक पेजमा गएर हेर्नुहोला ।)
विशेष गरेर लेखापढी व्यवसायीहरुले विरोध थालेका थिए । प्रहरीको भ्यान जान नपाउँंदै लेखापढीले प्रहरीको गाडी रोक्न प्रयास गरेका थिए । तर रोक्न सकेनन् । त्यसपछि व्यवसायीहरुले मालपोत गेट अगाडि प्रर्दशन थालेका थिए । प्रदर्शनको क्रममा उनीहरुले आफूहरुको सेवा प्रवाह नै वन्द गर्ने भनी सटर वन्द गरेका थिए । साथै सूचना पनि च्यातिदिएका थिए ।
भक्तपुर लेखापढी व्यवसायी संघका अध्यक्ष, कोषाध्यक्षसहितका पदाधिकारीहरु मालपोत गेटमा पुगेर प्रदर्शनमा उत्रको थिए । त्यसपछि उनीहरुले सम्पूर्ण सेवा वन्द गर्ने भन्दै लेखापढीहरुको सटर वन्द गरी सेवा अवरुद्ध गरेका थिए । साथै उनीहरुले मालपोतका सेवा नै वन्द गरिदिने र मालपोतभित्र सेवा लिइरहेको सेवाग्राहीहरुलाई समेत बाहिर ल्याई गेट वन्द गरिदिने असफल प्रयास गरेका थिए । पक्राउ गरेका साथीहरुको विना शर्त रिहाइ र सम्मानजनक काम गर्ने वातावरण सुनिश्चित नगरेसम्म आफूहरुको सेवा वन्द गर्ने चेतावनी उनीहरुले गरेका थिए । सेवा लिन आएका सेवाग्राहीहरूले पनि घुस वा अनैतिक क्रियाकलापमा संलग्न भएको ठोस प्रमाणबिना व्यवसायीलाई अवरोध गर्नु नहुने प्रतिक्रिया उनीहरुले दिएका छन ्।
फाेटाेमा हेर्नुहाेस्...
