भक्तपुर । नेकपा एकिकृत समाजवादीका नेता एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले आगामी निर्वाचनमा आफ्नो पार्टीले एमाले भन्दा बढि सिट जित्ने दावी गर्नुभएको छ । युवा संघ नेपाल भक्तपुरले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै नेता खतिवडाले ओलीको दम्भकै कारण पार्टी बिभाजन भएसँगै अबको निर्वाचनमा समाजवादीले एमाले भन्दा बढि सिट ल्याउने दावी गर्नुभएको हो ।
२०७४ सालको निर्वाचनमा केपी ओलीले माओवादीसँगको गठबन्धन सँगसँगै आफूले निर्वाचन हार्ने देखेपछि राप्रपासँग तालमेल गरेर बिजय हासिल गरेता पनि अबको निर्वाचनमा ओलीको पराजय निश्चित रहेको उहाँले बताउनुभयो ।
[[img2]]
हाल ओलीको काम भनेको प्रचण्ड र माधब नेपालको बिरोध गर्ने र उखान टुक्का हाल्ने मात्र रहेको भन्दै ओलीले सपनामा समेत माधव र प्रचण्डको नाम लिएर बरबराउने गरेको खतिवडाले टिप्पणी गर्नुभयो ।
संसदमा एमालेले १४ जना सांसद निकाल्ने विषयमा बिरोध गर्नु कुनै तुक नभएको बताउँदैै दुई पटक संसद भंग गर्नेले संसदमा बिरोध गर्नु लाज मर्दाे भएको उहाँले बताउनुभयो ।
ओलीले पार्टी बिभाजन गरेर गएपश्चात बामदेव, सिपि मैनाली, मोहनबिक्रम लगायतको हालतमा समाजवादी पार्टी पुग्ने बताउँदै आएता पनि उल्टै ओलीको अवस्था उनीहरुको भन्दा नाजुक हुने उहाँले बताउनु भयो । अबको निर्वाचनमा ओलीको पतन निश्चित रहेको बताउँदै टाउकै सकिने भएपछि भक्तपुरका गाण्टे नेताको पतन झनै निशिचत रहेको उहाँले ठोकुवा गर्नुभयो ।