विषय र विवेचना पुस्तकमा एक दृष्टि


कार्तिक १७, २०७८, बुधबार | विहान ०४:११ बजे | 5


विषय र विवेचना पुस्तकमा एक दृष्टि

डा. इन्दुल के.सी
प्रारम्भ
२००४ सालमा जन्मनुभएका चूडाप्रसाद चौलागाईले लेख्नुभएको ‘विषय र विवेचना’ (लेखसंग्रह) किताब किताबबारे मैले संक्षिप्त टिप्पणी प्रस्तुत गर्दछु । लेखकको यस किताबमा रहेका ४० लेखहरु यसभन्दा पहिले नै ‘नेपालभूमि राष्ट्रि साप्ताहिक’ पत्रिकामा प्रकाशित भइसकेका हुँदा कतिपय पाठकहरुमा उहाँको लेखनीबारे ज्ञात भएको हुनुपर्छ ।
    प्रभा माध्यमिक विद्यालय काभ्रपलाञ्चोकबाट प्रकाशित १४४ पृष्ठको यो किताबका लेखक चौलागाई ४५ वर्षसम्म शिक्षण पेसामा लाग्नुभएकाले उहाँका विद्यार्थी, अभिभावकलगायत हजारौं व्यक्तिहरुले उहाँको स्वभावबारे जान्नु बुझ्नुभएको हुनुपर्छ । अब यो किताबले अझ व्यापक जनसमुदाय, साहित्यप्रेमीहरुले उहाँको सोचविचार, दृष्टिकोणबारे नयाँ–नयाँ कुरा अझ बढी थाहा पाउनुहुनेछ ।
[[img2]]
विषय
यो किताबको मूल विषय साहित्य, संस्कृति, धर्म, आध्यात्मिकता हुन् । प्रायः यसमा रहेका लेखहरुमा दर्शनजस्तो गहन विषयलाई सरल भाषामा प्रस्तुत गर्नुभएको छ । दार्शनिक चिन्तकहरु जस्तै सुकरात, प्लेटो, अरिस्टोटल, अल्वर्ट आइनस्टाइन, कार्ल माक्र्सका साथै अध्यात्मवादी चिन्तक वेदव्यासले रचना गर्नुभएका धर्मशास्त्र, वेद, कथा, पुराणको चर्चा यस किताबमा भएको छ । चौलागाईको शब्दमा अध्यात्मवाद र भौतिकवाद एक नदीका दुई किनारा हुन् । पूर्वीय दर्शन र पाश्चात्य दर्शनको भिन्नता देखाउनुहुँदै उहाँ भन्नुहुन्छ – ‘पूर्वीय दर्शन शरीरको मासु हो र पाश्चात्य दर्शन शरीरको हाड हो ।’
[[img3]]
साहित्य
प्रस्तुत पुस्तकमा साहित्यतर्फ नियाल्दातर्फ नियाल्दा चाणक्यनीति तथा कविवर सिद्धिचरण श्रेष्ठको प्रभाव लेखनमा परेको बुझिन्छ । उहाँ साहित्यको नौलो परिभाषा दिनुहुन्छ – ‘साहित्य मुटुको बोली हो, मस्तिष्कको खुराक हो, जीवनको ऊर्जा हो । हाँसो र आँसु पनि सहित्य हो ।’ यो उहाँको अभिव्यक्ति साहित्य –अनुरागीहरुका लागि एउटा मीठो खुराक हो ।


निबन्ध
निबन्धकार चौलागाईको अर्को विशेषता निबन्धहरुको शीर्षक छनोटमा पनि देखिन्छ । यसमा ‘प्रेम’ सम्बन्धमा ३ वटा निबन्धहर छन् । (१) सच्चा प्रेम र जीवनको ऊर्जा, (२) आहा, यस्तो प्रेम पो प्रेम, र (३) प्रेम गरौं, प्रेम गर्न सिकाऊँ । यी निबन्धहरुले प्रेमका विभिन्न पहलुहरुलाई उजागर गरेको छ । प्रेम सन्देशमूलक रुपमा जीवनसँग गाँसिएको कुरा यहाँ प्रस्तुत भएको छ ।

महिला
यसरी नै महिलाबारे २ वटा लेखहरु छन् (१) नयाँ किताब राम्री तरुनी, र (२) पुरुषहरु महिलाको वशमा । यी निबन्धहरुले महिलाका बारे जुन विचार निबन्धकारले दिनुभएको छ, त्यो हाम्रो समाजको वास्तविक पक्ष हो । चौलागाई सचेतकका रुपमा देखापर्नुभएको छ । शुभकार्य सबैले गर्नुपर्छ सबैले भन्ने गर्दछन् तर अशुभ कार्यमा पनि सबैको ध्यान जानु आवश्यक छ । मानिसमा अहम् भाव हुनु राम्रो होइन । कसैको सेखी नगरौं भन्ने सन्देश यहाँ पाइन्छ ।

आत्मा, सत्सङ्ग र तपस्या
आत्मा, सत्सङ्ग र तपस्याबारे निबन्धकार चर्चा गर्नुहुन्छ । धर्म के हो भन्ने प्रश्नको जवाफमा अन्नदान भन्नुभएको छ । मानिसहरु आपूmलाई दुःख पर्ला भन्ने चिन्ताले पिरोलिने गर्दछन् तर दुःखलाई वरदानका रुपमा लिन सके राम्रो हुने सल्लाह दिनुभएको छ । ज्ञानको महत्व ठूलो छ । त्यसैले ज्ञानको चाहना गरिन्छ । यहाँ लेखकले ज्ञानलाई ३ भेदहरु सात्विक, राजस र तमस नामले विभाजन भएको चर्चा गर्नुभएको छ ।
यो किताबको परिशिष्टमा गीता मञ्जुश्रीले लेख्नुभएको वाक्य ‘चूडाप्रसाद चौलागाई राम्रो अध्येता, राम्रो पाठक, राम्रो लेखक, राम्रो चिन्तक, राम्रो समीक्षक’मा यो टिप्पणीकार सहमत छ । ‘विषय र विवेचना’ (लेखसंग्रह) शीर्षक किताबमा समावेश भएका निबन्धहरुसँग राम्रो तादात्म्य छ । किताबको आवरणसज्जा गर्ने इ. रोशन मञ्जुश्री अधिकारीको आवरणचित्र राम्रो छ । किताबको मूल्य मनासिब रु. २०० मा रहेको छ । समग्रमा भन्नुपर्दा यो किताब पठनीय, संग्रहणीय भएकाले लेखक चूडाप्रसाद चौलाई, शब्दयात्रा प्रकाशन, यसका सबै पाठकहरुमा मेरो साधुवाद छ ।
चूडाप्रसाद चौलागाई (९८४००७५७०१)


फाेटाेमा हेर्नुहाेस्...

विषय र विवेचना पुस्तकमा एक दृष्टि

Comments

ताजा खबर