राप्रपा त्रिपुरासुन्दरी गाउँपालिका समितिको पार्टी कार्यलय उदघाटन


कार्तिक १६, २०७८, मङ्गलबार | दिउँसो ०३:०३ बजे | 40


राप्रपा त्रिपुरासुन्दरी गाउँपालिका समितिको पार्टी कार्यलय उदघाटन

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्ला राप्रपा त्रिपुरासुन्दरी गाउँपालिका समितिको पार्टी कार्यलय उदघाटनको साथै चियापान तथा सुभकामना आदानप्रदान कार्यक्रम मंगलबार सम्पन्न भएको छ । सो कार्यक्रम तिलकमान थामीको सभापतित्वमा राप्रपा केन्द्रिय समिति सदस्य निर्मला श्रेष्ठको प्रमुख आथित्यतामा सम्पन्न भएको थियो । राप्रपा जिल्ला सम्पादन समिति सयोजक नारायणजङ पाण्डेको विशेष पहलमा राष्टिय प्रजात्रान्तिक महिला संगठन केन्द्रिय समिति सदस्य अम्बिका बस्नेत, राप्रपा १ नम्बर  क्षेत्रीय पूर्ब अध्यक्ष एबम  ट्रेड युनियन महासघ केन्द्रीय समिती सदस्य शिव भण्डारी, गोपाल गुरुङ, प्रकाश बोहरा, रामहरि बोहरा, गणेश लामा, दिनेश गुरुङ, राजकुमार थामी, जनक थामी, बिकाशजङ पाण्डे, मोहन पाण्डे, सरेशजङ पाण्डे, रबि गुबाजु, गोपाल बि कलगायतको उपस्थितमा सम्पन्न भएको थियो ।
सो कार्यक्रम त्रिपुरासुन्दरी गाउँपालिका वार्ड नम्बर ४ पिस्करमा भएको थियो । साथै राप्रपा जिल्ला संपादन समिती सम्योजक नारायणजङ पाण्डेले रु ५००० र गोपाल गुरुङले रु ३००० गरी रु आठ हजार रुपैया सोही वडा निबासी बिमारी रामबाहादुर थामीलाई उपचार गर्न सहयोग गर्नुभएको छ । राप्रपाको सुभकामना कार्यक्रम भब्य रुपमा सम्पन्न भएको कुरा बिकाशजङ पाण्डेले बताउनुभयो ।

Comments