जगातीका मिठाई तथा फलफुल पसलहरुको अनुगमन
कार्तिक १६, २०७८, मङ्गलबार | विहान १०:४४ बजे | 35
भक्तपुर, १६ कार्तिक । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा जगातिमा रहेको मिठाई र फलफुल पसल अनुगमन गरियोे । तिहारलाई मध्य नजर गरी मिठाइ पसल र फलफुल पसल अनुगमन गरेकोमा मिठाईमा रंग बढी हालेको र विना मापन जथाभावी रंग हाल्ने गरेकोले ५ केजि पिठोमा १ ग्राम मात्र खाद्य कलर(रंग) हाल्न निर्देशनका साथ पसल भद्रगोल, फोहर र पेटी र बाटोमा सामान राखेको र म्याद नाघेको सामान भेटिएको संयोजक गोराले बताउनु भयो ।
अनुगमनमा प्रविण चिया पसल नविकरण गर्नुपर्ने, गुडपाकमा लेवल बिना बिक्रि वितरण गरेको पाइएकोले प्याकेजिड्ड सामानहरु खाद्य विभागबाट अनुज्ञापत्र लिई लेवल राखी मात्र विक्रि वितरण गर्न, कामदारलाई एप्रोन, माक्स, पञ्जा, हेयर क्याप प्रयोग गर्न निर्देशन दियो र म्याद नाघेको सामानहरु ड्यू ड्यू २५० मिलिको ९ वटा, रंग बढी भएको मिन्कि आधा केजि जफत गरि नष्ट गरियो ।
त्यस्तै सन्दिप जुस पसल पसल नविकरण गर्न, मुल्य सूचि राख्न, पेटी र बाटोमा पसलको सामान नराख्न, पसल व्यवस्थित र सफा राख्न निर्देशन दियो भने म्याद नाघेको मारी बिस्कुट २ पाकेट जफत गरी नष्ट गरियो ।
त्यस्तै उजाला फ्रुट एण्ड जुस पसल नबिकरण गर्न, मुल्य सूचि राख्न, पसल व्यवस्थित र सफा गर्न, बाटो र पेटीमा सामान नराख्न र तराजु नविकरण नभएकोले जफत गरी तीन दिन भित्र कार्यालयमा उपस्थित हुन निर्देशन दियो ।
त्यस्तै जगाति मिठाई पसल नविकरण गर्न, मिठाईमा कलर बढी नराख्न, मुल्य सूचि राख्न, प्याकेजिड्ड सामानहरु खाद्य विभागबाट अनुज्ञापत्र लिई लेवल राखी मात्र विक्रि वितरण गर्न, भान्छामा फोहर भएकोले सफा राख्न निर्देशन दियो विग्रेको तेल २ लिटर र पुरानो चास्नी १ लिटर नष्ट गरियो ।
त्यस्तै न्यू फलफुल पसल नविकरण गर्ने, साइनबोर्ड राख्न, मुल्य सुचि राख्न निर्देशन दिई म्याद नाघेको सामानहरु प्लाटिनम सेरिज विस्कुट ५ पाकेट, फ्रि किक विस्कुट ४ पाकेट, जिरा वाइट विस्कुट २२ पाकेट, कोकोनट कुकिज ७ पाकेट, बटर कुकिज ५ पाकेट, क्यान कोक १ वटा, क्यान लाभिका २ वटा जफत गरी नष्ट गरी तराजू एक जफत गरी कार्यालयमा उपस्थित हुन निर्देशन दिएको वडा निरिक्षक रामकृष्ण प्रजापतिले बताउनु भयो ।
त्यस्तै जगाति मिठाई पसल गुडपाक लगायत प्याकेजिड्ड सामानमा लेवल राखी मात्र विक्रि वितरण गर्न, मुल्य सूचि राख्न, तराजु नविकरण गर्न, सरसफाईमा ध्यान दिन र कामदारलाई एप्रोन प्रयोग गर्न निर्देशन दियो ।
त्यस्तै श्री जगाति मिठाई भण्डारमा दहि, गुडपाक, लालमोहन, रसबरीमा लेबल राखीमात्र विक्रि वितरण गर्न, पसल नविकरण गर्न, तराजु नविकरण गर्न, सरसफाईमा ध्यान दिन, कामदारलाई एप्रोन, माक्स, पञ्जा प्रयोग गराउन निर्देशन दियो ।
अनुगमनमा भनपा श्यानिटेशका न.नि. दिलिप कुमार सुवाल, व.नि.रामकृष्ण प्रजापति, कर शाखाका मोहनदेवी व्याञ्जूू, जिल्ला प्रशासन कार्यालयका धर्म राज शाही, राष्ट्रिय उपभोक्ता मञ्चका लक्ष्मी भण्डारी, उद्योग बाणिज्य संघका गौतम सुजखु, घरेलु तथा साना उद्योग संघका लक्ष्मी प्रसाद बाटी, महानगरीय प्रहरी परिसरका साहायक प्रहरी नायब निरिक्षक सरोज खत्रीको सहभागी थियो ।