लान्चा फल्चा एकता समाज गठन


कार्तिक १६, २०७८, मङ्गलबार | विहान ०३:१९ बजे | 70


लान्चा फल्चा एकता समाज गठन

भक्तपुर । भक्तपुरको कमलविनायकबासीहरुको भेलाले लान्चा फल्चा एकता समाजको गठन गरिएको छ । स्थानीय रामकृष्ण छुस्याबागको अध्यक्षतामा ७ सदस्यीय कार्यसमिति गठन गरिएको हो । स्थानीय ४१ जनाको भेलाले समाजिक कार्य गर्न, स्थानीय क्षेत्रमा विकास निर्माणका कार्य गर्न पहल गर्न, सदभाव कायम गर्न, समाजिक विकृति र विसंगति हटाउन पहल गर्नेलगायतका उद्देश्यका साथ समिति गठन गरिएको हो ।

समितिको सचिवमा राजेन्द्र कोजू, कोषाध्यक्षमा राजभाइ तजले रहेका छन् । सदस्यहरुमा टंक लामा, ज्ञानेश्वर घोरसाइने, राजकुमार भट्ट्राई र विष्णु पनेरु रहेका छन् । समितिले कार्तिक १८ गते नै सरसफाई कार्यक्रम गर्ने जनाएको छ ।

Comments