वर्षातले निन्द्रा
साउन ६, २०७७, मङ्गलबार | विहान ०७:२६ बजे | 45
वर्षातले निन्द्रा
लेखक ः कुमार लघु
हरेक रातको वर्षातमा गरिवको ज्यान जाने
कही वाढी ,कहि पैहिरो र कही घर भत्किने
गरिवैको मात्र दैवले ज्यान ताक्छन् किन ?
पाखामा डाँडामा नदी किनारमा वसोवासले
गरिवको मात्र असुरक्षा किन दैव एकतिर कोरोना
दैवको अदृष्य शक्तिले गरिवमात्र ताक्ने एकोरोहो
दुई दिनको जिवनमा पनि वाँच्न नपाईने भो
गरिवको छाप्रोले रातमा पानी टपटप चुहिने
मात्र गरिवको किन घर,खेत र ज्यानै ताक्छ !
वर्षातले जिऊ,ज्यान हत्केलामा राखेर सुत्नु पर्छ
कति परेको पानी भए पनि नहुने,नभए नि नहुने
पानीले गर्दा जिवनभर चिन्ता,चिन्ताले जल्न हुने
पहिरोले जमिनको वाटोमा आवतजावत रोक्ने
खान पिउँन लाउन समेत गरिवैलाई मात्र पेल्ने
भारतले नै अनाहाकमा वाँधको पानी थुन्ने
गरिवको ज्यान लिने कस्तो नाजायज कार्य
नेपाल र भारतमा कुलाङ्गार शासकहरूको गति
आवाजलाई डवाईरहयो कुलाङ्गारहरूले
गणतन्त्र ल्याउन ज्यान फाल्ने गरिवहरू
मोज नेताहरूले ,नेताका आउरेवाउरेहरूले
गरेको,गरिवले दुस्खमात्र पाएको !
गरिवले एक छाक,एक दिनको बाँसमा रमाउन
नपाउने ,दुस्खमा जीवन गुजारा गर्नु पर्ने,
अवका दिनमा नेतालाई नै मोहदामा राख्न पर्ने
तब क्रान्तिले ठिक मोड लेला गरिवको नेतृत्वमा
संसारको क्रान्तिको नेतृत्व गरिवका छोराले
गरेको गरिवलाई थाहा छ तब क्रान्ती हुन्छ
नेपालमा भारतिय दासहरूले क्रान्ती गरेकोले
गरिवको अवस्था जहाँको त्यही रहेको भान
आजका जनताले नेतृत्व कर्तालाई छोड्ने छैन
त्यो दिनलाई अलिक वेरसम्म कुर्नु पर्छ ?
त्यो परिवर्तनलाई हामीले स्वागत गर्नुछ
वर्षातले निन्द्रा गरिवको विग्रने हो रहेछ ।
२०७७÷४÷५ ,व्यासी ,