स्वतन्त्र पत्रकारहरुलाई शपथ ग्रहण


कार्तिक १४, २०७८, आइतबार | दिउँसो ०१:३८ बजे | 35


स्वतन्त्र पत्रकारहरुलाई शपथ ग्रहण

ललितपुर । स्वतन्त्र पत्रकार संघ जिल्ला शाखा ललितपुरले नवनिर्वाचित स्वतन्त्र पत्रकार संघ ललितपुरका पदाधिकारी तथा पार्षद्हरुको लागि आइतबार शपथ ग्रहण गराएको छ । साथसाथै उनीहरुलाई प्रमाणपत्र पनि वितरण गरिएको छ ।
स्वतन्त्र पत्रकार संघ केन्द्रिय समितिका वरिष्ठ उपाध्यक्ष केवी सम्राटले उनीहरुलाई शपथ गराएका थिए । साथै सम्राटले नै उनीहरुलाई प्रमाणपत्र प्रदान गरेका थिए ।
कार्यक्रममा आयोजक स्वतन्त्र पत्रकार संघ ललितपुरका अध्यक्ष उपेश नौवाग, काठमाडौं, भक्तपुरका अध्यक्षहरु तथा निवर्तमान अध्यक्षहरुलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

Comments