राप्रपाको महाधिवेशन मंसिर ११, १२ र १३ गते


कार्तिक ११, २०७८, बिहीबार | साँझ ०४:१७ बजे | 55


राप्रपाको महाधिवेशन मंसिर ११, १२ र १३ गते

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महाधिवेशन आगामी मंसिर दोस्रो साता हुने भएको छ । पार्टीको केन्द्रीय विशेष समितिको बैठकले मंसिर ११, १२ र १३ गते काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको हो । यसअघि कात्तिक २७ देखि ३० गतेसम्मलाई महाधिवेशनको मिति तोकिएको थियो ।
यसैगरी सक्रिय सदस्य बनाउने म्याद कात्तिक १५ गतेसम्म लम्ब्याइएको छ । दाबी विरोध लगायतका प्रक्रिया पूरा गरेर अन्तिम नामावली ३० कात्तिकमा सार्वजनिक हुनेछ ।


Comments