भक्तपुरमा वाढी, सवैतिर त्रास
साउन ५, २०७७, सोमबार | विहान १०:२३ बजे | 60
भक्तपुरमा वाढी, सवैतिर त्रास
भक्तपुर । अविरल वर्षासँंगै भक्तपुरको हनुमन्ते खोलामा वाढी आउन थालेको छ । वाढीसँंगै खोला छेउछाउबासी त्रसित हुन थालेका छन् । खोला छेउछेउछाउ घर, वस्ती, टहरा भएकाहरु आतिन थालेका हुन् । विगतका वर्षहरुमा पनि बाढी आउँंदा क्षति भोग्न बाध्य उनीहरु यो वर्ष पनि यस्तै हुने भयो भनी त्रसित हुन थालेका हुन् ।
भक्तपुरको सवैभन्दा ठूलो खोला हनुमन्ते हो । यसबाहेक पनि यहाँं अन्य खोलाहरु छन् । प्रत्येक वर्षको वाढीले विशेष गरी हनुमन्ते आसपासलाई सताउने गरेको छ । हनुमन्ते खोलाका जगातीदेखि च्याम्हासिंहकोवीचको थुसाचादेखि सल्लाघारी मध्यपुर थिमि राधेरोधसम्मकाबासीलाई सताउने गरेको छ ।
भक्तपुरको लिवासी निवासी अनुराधा ढुकुछुले गतवर्ष पनि बाढी कारण अन्यत्र सर्नुपरेको सुनाउँंदै अविरल वर्षा र वर्षासँंगै आएको वाढीले यसवर्ष पनि त्यही अविगत हुने डर भएको सुनाइन् । विशेष गरेर रातको समयमा सुतेर वस्दा ठूलो वाढी आई घरभित्र पसिसक्ने र त्यसपछि घरभित्रै थुनिने चिन्ता उनले व्यक्त गरिन् ।
गतवर्षहरुमा विशेष गरेर हनुमन्ते खोला आसपासकाका वस्तीहरु क्रमशः लिवाली, हनुमानघाट, आदर्श, सूर्यविनायक, बाराहीस्थान, सल्लाघारी, अरनिको राजमार्ग अन्र्तगत राधेराधेलगायतका ठाउँं डुवानमा परेका थिए । त्यसभित्र परेका लिवाली वस्ती, आदर्शमा रहेको सिद्धिस्मृति महिला तथा वाल अस्पताल, बाराहीस्थानस्थित श्री शान्ति निकेतन माध्यामिक विद्यालय, सल्लाघारस्थित डा इवामुरा मेमोरियल हस्पितल डुवानमा पर्ने गरेका छन् । यसबाहेक अरनिको राजमार्ग अनतर्गत सल्लाघारीदेखि थिमिसम्मैको राजमार्ग खण्ड नै पूरै डुवानमा परी ठूलो क्षति हुँंदै आएका छन् ।