पोलियो सम्बन्धी जनचेतनामूलक प्रभातफेरी ¥याली


कार्तिक ११, २०७८, बिहीबार | विहान ०८:२२ बजे | 25


पोलियो सम्बन्धी जनचेतनामूलक प्रभातफेरी ¥याली

मध्यपुर थिमि । विश्व पोलियो दिवसको अवसर पारेर रोटरी क्लवका विभिन्न
संगठनहरुले संयुक्त रुपमा मध्यपुर थिमिमा जनचेतनामूलक प्रभातफेरी ¥याली
निकालिएको छ ।
रोटरी ईन्टरनेशनलद्वारा सधैका लागि पोलियो निर्मलीकरण अभियान रोटरी क्लव
अफ मध्यपुरको अगुवाईमा रोट्याक्ट क्लव अफ मध्यपुर र ईन्ट्याक क्लव अफ
मध्यपुरले संयुक्त रुपमा ¥याली निकालिएको हो ।
स्थानीयशंखधर चोकबाट निकालिएको उक्त ¥यालीले बालकुमारी, लाय्कू,
लुईपोखरी, दिगुटोल, हात्तिमहाकाल, चपाचो, गार्चा, गुङ्गचिवा, बाहाखा बजार,
नगरपालिका चोक, पाटीविहार हुँदै पाचोस्थित विनायक स्कूलको प्राङ्गणमा पुगी
कोण सभामा परिणत भएको थियो ।
सो अवसरमा रोटरी क्लवका अध्यक्ष विनोद बज्राचार्यले स्वास्थ्य, सामाजिक,
बातावरण र शिक्षा क्षेत्रमा विशेष कार्य गर्दै आईरहेको क्लवले विश्व
पोलियो दिवसमा प्रभातफेरी कार्यक्रमको आयोजना गर्दै समाजमा अझैं पनि
पोलियोका विषयमा व्यापक जनचेतना जगाउनु पर्नेमा जोड दिदैं सम्बन्धित सबै
संस्थाहरुसँग सहकार्य गरी अगाडी बढ्नु पर्नेमा विशेष जोड दिनुभएको थियो ।
कार्यक्रममा रोटरी क्लवका विभिन्न पदाधिकारीहरुको सक्रिय सहभागिता रहेको थियो ।

Comments