एमाले रोशी गाउँं कमिटीको अधिवेशन शुक्रबार
कार्तिक १०, २०७८, बुधबार | दिउँसो १२:३० बजे | 45
काभ्रे । नेपाल कम्युनिष्ट पार्टी (एमाले) रोशी गाउँं कमिटी वडा ८ काभ्रेपलान्चोकको प्रथम वडा अधिवेशन शुक्रबार हुने भएको छ । अधिवेशनको उदघाटन पूर्वमन्त्री एवं पार्टीको प्रदेश कमिटी सदस्य रेशमबहादुर लामाले गर्नुहुने जनाइएको छ । अधिवेशन विहान ११ बजेदेखि हुने जनाइएको छ । अधिवेशन रोशी गाउँंपालिका ८ किर्दाश (देवाच्यान थार्पेलिङ गुम्वा) मा हुने जनाइएको छ । अधिवेशनमा उपस्थिति हुन आयोजकले आह्वान गरेको छ ।