नेपालमा बस्त्र उधोगको अवस्था
कार्तिक ९, २०७८, मङ्गलबार | दिउँसो १२:२१ बजे | 20
शारदा चालिसे
नेपाल हाल बिकासोन्मुख र कृषिप्रधान अबस्थामा रहेको कुरा सर्बिदितै छ । देशको आर्थिक सामाजिक बिकास अपरिहार्य छ । तर हाल नेपालको औधोगिक बिकाशको निम्ति आबस्यक कच्चा पदार्थ बिदेशमा निर्भर छ । यसका लागि ब्यबसायिक र बैज्ञानिक कृषि प्रणालीको अबलम्बन गर्दै कृषिमा आधारित उधोगको बिकाश गर्न सके वैदेशिक कच्चा पदार्थमा निर्भर रहनुपर्ने बाध्यताबाट मुक्त हुन सकिन्छ भने समान्य कृषकको जीबनस्तर र बेरोजगारीको जटिल समस्यालाई न्यून गर्न मद्दत पुग्ने छ ।
हाल वैदेशिक रोजगारीमा निर्भर युबा जनसक्तिलाई सिपमुलक स्वरोजगार बनाउन सके देशको गार्हस्थ उत्पदनमा वृद्धि हुनेछ । बिशेषतः नागरिकलाई स्वदेशी उत्पादनको प्रयोग गर्न प्रेरित गर्दै उत्पादित बस्तुको गुणस्तर परिमार्जनलगायत उपभोक्ताको चाहानालाई उत्पादनकर्ताहरु ध्यान दिने बिषयबस्तु पनि सान्दर्भिक हुनेछन् ।
बस्त्र उधोगको लागि आबस्यक कैयौं कच्चा पदार्थ कृषिबाट मात्र सम्भब छ । तिनको पहिचान उत्पादन र प्रयोग गर्न सके नेपालको कृषिलगायत औधोगिक बिकाश द्रुत गतिमा अगाडि बढ्नसक्ने सम्भाबना अतुलनीय छ । सुति, उन, रेसम तथा बोक्राबाट निर्मित धागोहरु सबै कृषि कार्यबाट उत्पादित तथा निर्मित धागोहरु हुन । यिनिहरुको उत्पादन तथा प्रयोगद्वारा कपडा उत्पादन गर्न सके स्वदेशमा मात्र नभई बिदेशमा पनि प्रचुर ब्याबसायिक सम्भाबना बिस्तारि गर्न सकिन्छ । बस्त्र उधोगको लागि मात्र नभई अन्य औधोगिक बिकाशको लागि सैक्षिक गुणस्तर सबैभन्दा महत्वपूर्ण कुरा हो । यसबा लागि ब्याबहारिक तथा सिपमुलक सिक्षाको आबस्यतातर्फ केन्द्रित रही ग्रामीण युवा जनशक्तिलाई औधोगिक बिकाशतर्फ आकर्षित गर्नु गराउनु आजको आबस्यक्ता हो । त्यसैगरी सुरक्षित औधोगिक लगानीको बाताबरण सृजना गरी नेपाली उत्पादकत्वको पहिचान सुनिस्चित गर्न ढिला भैसकेको छ भने रुग्ण आर्थिक अबस्थामा रहेकोे बस्त्र उधोगहरुलाई ब्याबसायिक र उत्पादनमुखी बनाउनेतर्फ सबै सम्बन्धित पक्षको ध्यान जानु आबस्यक छ ।
हाल नेपालमा उपभोग हुने करिब नब्बे प्रतिशत जति कपडाजन्य पदार्थहरु बिदेशी मुलकबाट आयातित छन भने स्वदेशी उधोगहरुको अब्क्स्था सन्चालन प्रबिधि गुणस्तरमुखी उत्पादन र उत्पादित बस्तुको बिकास र प्रयोग गर्दै आयातित बस्तुहरुलाई बिस्थापन गरी नेपाललाई औधोगिक आत्मानिर्भर बनाउनु राज्य लगानीकर्ता उत्पादनकर्ता र आम नागरिकबीचको सहकार्य समन्वय तथा प्राबिधिक ज्ञानको बिकाश गरौं । यही नै आजको आबश्यकता हो ।