आज एमालेको नगर अधिवेशन ः भक्तपुरको चार नगरपालिकामा कसको सम्भावना कति ?
कार्तिक ९, २०७८, मङ्गलबार | विहान ०४:५८ बजे | 40
भक्तपुर । नेकपा एमालेको जारी नगर अधिवेशनमा भक्तपुर नगरपालिकाका सचिव विश्वराज शिल्पकारको सम्भावना बढी देखिएको छ । नगर सचिव रहनुभएका शिल्पकार नै अधिवेशनबाट पाँच वर्षका लागि नगर अध्यक्षमा चयन हुने पक्कापक्की भएको एक नगर सदस्यले बताए ।
शिल्पकारले नगर निर्वाचन सौहार्दपूर्ण एवं सर्वसहमतिमा नै सम्पन्न हुनेमा आफूहरु विस्वत भएको बताउँदै को अध्यक्ष हुन्छ भन्ने विषयमा भने आफूहरु छलफलमा जुटेको जानकारी दिनुभयो ।
यस्तै चाँगुनारायण नगरपालिकामा भने अध्यक्ष नै रहनुभएका रमेश बुढाथोकिको पल्ला भारी देखिएको छ । हाल अध्यक्ष नै रहनुभएका बुढाथोकी नै आगामी पाँच वर्षका लागि अध्यक्ष हुने पक्कापक्की भएको एमाले स्रोतले जानकारी दिएको छ ।
यस्तै सूर्यविनायक नगरपालिकामा भने रविन्द्र सापकोटा नै अध्यक्ष हुने पक्कापक्की भएको देखिन्छ । यस्तै मध्यपुर थिमि नगरपालिकामा भने हाल अध्यक्ष रहनुभएका सूर्यलाल श्रेष्ठ नै पुनः अध्यक्ष हुने सम्भावना बढी रहेको एमाले स्रोतले जनाएको छ । नेकपा एमालेको अहिले नगर अधिवेशन भइरहेको छ ।