राष्ट्रिय मानव अधिकार प्रतिष्ठान भक्तपुरमा पुन ः डा राजेन्द्र कोजू
कार्तिक ७, २०७८, आइतबार | विहान ०४:२२ बजे | 175
भक्तपुर । राष्ट्रिय मानव अधिकार प्रतिष्ठान जिल्ला शाखा भक्तपुरको अध्यक्षमा पुनः डा राजेन्द्र कोजू अध्यक्षमा सर्वसम्र्मत चुनिएका छन् । प्रतिष्ठान जिल्ला शाखा भक्तपुरका छैठौ साधारण सभाबाट डा कोजूको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।
नयाँं कार्यसमितिको उपसभापतिहरुमा नवराज घिमिरे, डा. ईडा शर्मा र मिलन न्यौपाने चुनिएका छन् । यस्तै सचिवमा सन्जिव खनाल, सहसचिवमा रत्न राई र कोषाध्यक्षमा प्रभा थापा चुनिएका छन् । सदस्यहरुमा शिवहरि खनाल, सानुराम कार्की, गिता कार्की, रामकृष्ण छुस्यावाग, युनिक कोजू र सुवेश गोसाई चुनिएका छन् ।
यसअघि अधिवेशनको केन्दिय अध्यक्ष भवानीप्रसाद खरेलले उदघाटन गरेका थिए । उनले त्यस अवसरमा अधिकार माग्ने नभई छिन्ने बताएका थिए । कसैको मानव अधिकार हनन भए पाएन भनेर माग्ने नभई छिन्ने उनले बताएका थिए ।
कार्यक्रममा प्रतिष्ठानका महासचिव हरिचन्द्र भटराई, नेपाल मानव अधिकार संगठन भक्तपुरका अध्यक्ष रामकृष्ण मानन्धर, जिल्ला अध्यक्ष डा राजेन्द्र कोजू, सचिव संन्जिव खनाल, कोषाध्यक्ष कोषाध्यक्ष प्रभा थापालगायतले पनि मानव अधिकारका विविध पक्षमा आआफनो धारणा राखेका थिए ।