माओवादी केन्द्र समाजवादीको केन्द्रीय समितिको विस्तारित बैठक सम्पन्न
कार्तिक ७, २०७८, आइतबार | विहान ०२:४७ बजे | 65
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र समाजवादीको दुई दिने केन्द्रीय समितिको विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भयो । काठमाडौं बौद्धजोरपाटीस्थित याङ्ग्रीमा होटलमा कार्तिक ५ र ६ गतेको दुई दिने विस्तारित बैठक तथा प्रशिक्षणात्मक कार्यक्रम हिजो सम्पन्न थियो ।
उक्त दुई दिने केन्द्रीय समितिको विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रमको पहिलो दिन पार्टीका अध्यक्ष कर्णजित बुढाथोकी ूसुशीलू ले राजनीतिक प्रस्ताव वाचन गरेर पेश गर्नु भयो । आठ पेज लामो प्रस्ताव अध्यक्ष सुशीलद्वारा पेश भएको प्रस्तावमा वैज्ञानिक समाजवाद स्थापनाको वर्तमान कार्यभार अन्तर्गत राष्ट्रिय राजनीतिक जन(परामर्श सम्मेलन बारे, कम्युनिस्ट सम्मेलनमा क० पार्टी एकता र मोर्चा निर्माणको प्रश्न, ख० नेतृत्व र उत्तराधिकारीको प्रश्न, ग० वर्गीय दृष्टिकोण र दक्षता र दक्षतायुक्त नेतृत्व, उत्तराधिकारी, घ० प्रत्याबहन र अनुमोदन र ङ० स्वागत, स्वच्छीक विश्राम र सम्मान अभियान त्यसैगरी महाधिवेशन बारे, समाजवादी जनजागरण लगायतका विषयहरू समावेश गरिएको थियो ।
पार्टी अध्यक्षको प्रस्ताव प्रस्तुति पश्चात् पार्टीका वरिष्ठ नेता तिलक थापा मगर, उपाध्यक्ष विनोद कुमार उपाध्याय, पार्टीका स्थायी समिति सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज सिंह बहादुर बि।क।, केन्द्रीय सचिव द्वय अरुण घिसिङ र मेघ बहादुर खत्री, स्थायी समिति सदस्य त्रय धर्मराज बि।क।, भोजराज त्रिपाठी र बिहानी बि।क।, क्रान्तिकारी गणतान्त्रिक खेलकुद मोर्चाका संयोजक कुमार याक्खा राई, स्थायी समिति सदस्य तथा प्रवास व्यूरो इन्चार्ज जनक कामी सागर, स्थायी समिति सदस्य तथा १ नम्बर प्रदेश अध्यक्ष जुरीलाल मोचीलगायतले पार्टीको नीति तथा कार्यक्रम, वैचारिक(रणनीतिक(सैद्धान्तिक विषयमा प्रशिक्षणात्मक मन्तव्य राख्नु भयो ।
दोस्रो दिन पार्टी अध्यक्ष सुशीलद्वारा प्रस्तावित प्रस्तावमाथि पार्टीका राजनीतिक परिषद सदस्यहरु मिना चन्द, योगेश राल्फाली, रमेश थपलिया, गणेश गोतामे, केन्द्रीय सदस्यहरु राजकुमार बि।क।, सुदिनराज बोगटी, लेखनाथ न्यौपाने, भिमात मगर, श्याम बि।क।, सुमन गुरुङ र भानुभक्त बि।क। लगायत उपस्थित केन्द्रीय सदस्यहरुले आ(आफ्ना विचार प्रस्तुत गरेका थिए । बैठकमा प्रस्तुत प्रस्तावमाथि उपस्थित सम्पूर्ण राजनीतिक परिषद सदस्यहरु र केन्द्रीय सदस्यहरुले व्यापक रुपमा उठाएका सुझावसहितका प्रश्नहरुको जवाफ पार्टी अध्यक्ष सुशीलले जवाफ दिईसकेपछि सर्वसम्मतले पास गरे । दुई दिनसम्म चलेको उक्त बैठकले आगामी मंसिर ४ गते काठमाडौं राष्ट्रघाती अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन खारेजीको माग गर्दै वृहत् जनसभा गर्ने समेत निर्णय गर्यो । बैठकमा अध्यक्ष सुशीलद्वारा प्रस्तुत समसामयिक प्रस्तावहरु १। हालै भएको बेमौसमी अविरल वर्षाबाट पाँचथर, इलाम, खोटाङ, सोलुखुम्बु, हुम्ला, कालीकोट, बैतडी, डोटी, दार्चुला, कैलाली, मोरङ, सुनसरी, उदयपुर लगायतका जिल्लामा भएको १ सय ४ जना भन्दा बढीको मृत्यु भएको छ भने दर्जनौं बेपत्ता भएकोमा मृतकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै मृतकका घरपरिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था र घाइतेलाई निस्शुल्क उपचार, बेपत्ता जनको यथाशीघ्र खोजीको पहल गर्न साथै सम्पूर्ण किसानहरुलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न यो बैठक जोडदार माग गर्दछ, २। राष्ट्रघाती अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० खारेज गर्न जोडदार माग गर्दछ, ३। भारतीय ूएसएसबीू बाट हुने गरेको ज्यादतीको घोर निन्दा र भत्सर्ना गर्दै ज्यादती रोक्न बैठक माग गर्दछ, ४। पेट्रोलियम पदार्थमा गरेको मूल्य वृद्धि तत्काल फिर्ता गर्न मात्र गर्दछ, ५। हालै बुटवलमा सुकुम्बासी माथि गरेको ज्यादतीको घोर विरोध गर्दै सुकुम्बासीको उचित माग संबोधन गर्न सरकारसँग माग गर्दछ, ६। स्वास्थ्य, शिक्षा र रोगजारीको व्यवस्था गर्न सरकार समक्ष माग गर्दछ, ७। महिला माथि हुने हत्या, हिंसा, बलात्कार जस्ता जघन्य अपराधीलाई कडा भन्दा कडा कारबाही गर्न माग गर्दछ, ८। चितवन जिल्लाको भरतपुर उपमहानगरपालिका(४, लंकुस्थित दुर्गा मन्दिरमा प्रवेश गर्न पाउनुपर्छ भनेकै कारण कुटपिट गरी भिम बहादुर विश्वकर्माको घटना स्तरमै मृत्यु भएको घटना गैर न्यायीक भएकोमा घटनाको घोर भत्सर्ना गर्दै दोषीलाई हदैसम्मको कारबाहीको माग गर्दछ, ९। श्रमिकलाई जीवन निर्वाह गर्न पुग्ने तलब ९श्रममूल्य० को व्यवस्था गर्न माग गर्दछ र १०। आर्थिक हाय कम भएका नागरिकलाई सहुलियत दरमा रासन उपलब्ध गराउन रासन कार्डको व्यवस्था गर्न माग जस्ता माग प्रस्तावहरु सर्वसम्मतले पास गरेको छ । पार्टी अध्यक्ष सुशीलको अध्यक्षतामा भएको उक्त विस्तारित बैठक पार्टी महासचिव नरेश शाहीले सञ्चालनमा सम्पन्न भएको थियो ।