एमाले त्रिपुरासुन्दरी गाउँंपालिकामा मोहनबहादुर अधिकारी


कार्तिक ६, २०७८, शनिबार | दिउँसो ०२:५१ बजे | 45


एमाले त्रिपुरासुन्दरी गाउँंपालिकामा मोहनबहादुर अधिकारी

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्ला त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर २ चोकटीमा नेकपा एमालेको वडा अधिबेशन शनिबार सम्म्पन्न भएको छ । सो अधिबेशन पार्टी अध्यक्ष हरेराम पौड्यालको सभापतित्वमा केन्द्रिय सल्लाहकार समिति सदस्य मेघनाथ पौड्यालको प्रमुख आथित्यतामा सम्म्पन्न भएको थियो । अधिबेशनले सर्बसम्मत   रुपमा मोहनबहादुर अधिकारीको अध्यक्षतामा २९ सदस्यीय वडा कार्यसमिति चयन गरेको छ । त्यसैगरी गाउँपालिका अधिबेशनको लागि ७ जना अधिबेसन प्रतिनिधिहरु पनि छनोट गरेको छ । सुमित्रा कार्की अधिकारी, हरेराम पौड्याल, माधब पौडेल, किरण थामी, सुर्य गुरुङ, कमला बि क रहेका छ्न । नेकपा एमालेको त्रिपुरासुन्दरी गाउँपालिका अधिबेसन छिटै गरिसक्ने कुरा स्थानीय समाजसेबी सुमित्रा कार्की अधिकारीले बताउनुभयो ।

Comments