गुरु गणेश साकोसको साधारणसभा सिंहावलोकन कार्यक्रम


कार्तिक ६, २०७८, शनिबार | विहान ११:४४ बजे | 85


गुरु गणेश साकोसको साधारणसभा सिंहावलोकन कार्यक्रम

गुरु गणेश बचत तथा ऋण सहकारी संस्था लि.को १४ औं वार्षिक साधारणसभाको सिंहावलोकन कार्यक्रम एक समारोहबीच शुक्रबार संस्थाको सभाकक्षमा सम्पन्न भयो । कार्यक्रममा सल्लाहकार रामकृष्ण प्रजापतिले सिंह दुई पाइला हिड्न एक पटक फर्केर हेर्ने गरेकोले त्यहि अनुसार सिंहावलोकन आएको बताउँदै पछिल्लो साधारणसभामा कमि कमजोरी नहोस् भन्ने हेतुले गरेको हुनाले राम्रो पक्ष र सुधार गर्नु पर्ने पक्षबारे बोल्नु भयो । उहाँले एमसिसिबारे प्रमुख अतिथीले बोल्नु भएको देशको समसामायिक राजनीतिबारे जानकारी दिनु भएकोले सबैले सिक्ने मौका पाएको बताउँनु भयो । उहाँले साधारणसभामा असल ऋणी, असल बचतकर्ता, बृद्ध सम्मान, बाल बचतलाई उपहार र पुरस्कारको ब्यवस्था गरी गर्न पाएको भए सुनमा सुगन्ध हुने बताउँनु भयो । सुझाव आउनु, सहभागी कम हुनमा सदस्यहरुको संस्थाप्रति उत्तरदायी झल्कने हुनाले सदस्यहरुलाई सचेत संगठित र शिक्षा दिनुका सँगसँगै साधारणसभामा बार्षिक नीति तथा कार्यक्रम र बजेतबारे ब्यापक छलफल गर्नुपर्ने साथै लेखा परिक्षक प्रतिवेदन अध्ययन गर्नु पर्ने बताउँनु भयो ।

कार्यक्रममा संस्थाका अध्यक्ष श्रीप्रसाद प्रजापतिको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा उहाँले समग्रमा साधारणसभा राम्रो भएको र विभिन्न जिज्ञासाबारे प्रस्ट पार्नु भयो ।
उक्त कार्यक्रममा उपाध्यक्ष कृष्णराम कासिछ्वा, सचिव सत्यराम ज्ञामरु, कोषाध्यक्ष तुल्सी केशरी छुजु प्रजापति, लेखा समितिका संयोजक राजु बजिको, सदस्य चम्पा ज्ञामरु, रामकृष्ण लवजू, उपसमिति सदस्य सितालक्ष्मी कोजू, टिका मायाँ प्रजापति, राम चन्द्र सुवालले आ–आफ्नो मन्तव्य र सुझाव दिनु भएको थियो ।

Comments