पीडित किसानलाई तुरुन्त क्षतिपूर्ति दिन नेमकिपाको माग


कार्तिक ५, २०७८, शुक्रबार | विहान ०३:०१ बजे | 35


पीडित किसानलाई तुरुन्त क्षतिपूर्ति दिन नेमकिपाको माग

भक्तपुर । नेपाल मजदुर किसान पार्टीले बेमौसमी वर्षाका कारण धानवालीमा क्षति पुगेर पीडित भएका वास्तविक किसानहरुलाई क्षतिपूर्ति दिन नेपाल सरकारसमक्ष माग गरेको छ । पार्टीले बिहीबार राति प्रेस विज्ञप्ति प्रकाशित गरी आपतको घडीमा तुरुन्त क्षति मूल्यांकन गरी त्यस्ता किसानलाई शिघ्र क्षतिपूर्ति दिन माग गरेको हो ।
देशका विभिन्न ठाउँंमा भएको बेमौसमी वर्षाका कारण हालसम्म एक सय जना भन्दा वढीको मृत्यु भएको सरकारी तथ्यांक छ । वर्षाका कारण किसानका धान पूरै डुवानमा पर्नुका साथै बगाइएका छन् ।   


Comments