कायस्थको हाइकु २०२० सार्वजनिक


साउन ४, २०७७, आइतबार | विहान ०७:१० बजे | 20


भक्तपुर । लकडाउन खुकुलो हुँदै गएसँगै निश्चित संख्यामा भेला भएर विविध कार्यक्रम हुन थालेका छन् । भक्तपुरमा हिजो भएको साहित्यिक कार्यक्रम साहित्यकार मोहनबहादुर कायस्थको नवीनतम हाइकुसंग्रह हाइकु २०२० नामक कृति सार्वजनिक गरियो ।
सिर्जना अभियानद्धारा आयोजित सो कार्यक्रममा साहित्यकार धु्रव मधिकर्मीले स्रष्टा कायस्थका हाइकुसंग्रहमा भएका अधिकांश हाइकु समसामयिक जीवनका विविध पक्षहरुलाई लिएर लेखिएकाले पठनीय रहेको बताए ।  
कार्यक्रममा स्रष्टाहरु विमल ताम्राकार, इन्दुल केसी, सुरेन्द्रलाल भुजू , विपिन बनेपाली, पशुपतिमान पमा, सुलोचना सैंजू , सुचिता सैंजू र सोना तचामो लगायतकाले हाइकु गजल र कविता वाचन गरेका थिए ।
कार्यक्रम अनौपचारिक रुपमा गरिएको थियो ।

Comments