गोरखा वेल्फेयरद्वारा महेन्द्र माविलाई सहयोग


कार्तिक १, २०७८, सोमबार | दिउँसो ०३:०४ बजे | 45


गोरखा वेल्फेयरद्वारा महेन्द्र माविलाई सहयोग

बिराज अधिकारी
गोरखा वेल्फेयर टष्ट नेपाल द्वारा गुणादीमा रहेको महेन्द्र मावि लाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।
गोरखा वेल्फेयर टष्ट नेपाल उत्पादनशील खानेपानी सरसफाई स्वच्छता तथा आपतकालिन पूर्व तयारिका तर्फबाट कोरना भाइरस ( ऋइख्क्ष्म्–ज्ञढ) रोकथाम तथा नियन्त्रणका लागि आवस्यक सामग्री सहयोग गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विजयराज खनालले बताए ।
सो अवसरमा मास्क , सेनिटाइजर , साबुन , डस्विन लगायतका सामग्री प्राप्तभएको अध्यक्ष खनालले बताए ।
गोरखा वेल्फेयर तनहुँका प्रमुख कृष्ण गुरूङ र सुपरभाइजर हस्तबहादुर प्रजाले विद्यालयमा उपस्थित भएर ठुलो मात्रामा स्वास्थ्य सामग्री सहयोग गरेकोमा विद्यालयका प्रअ सोमबहादुर थापाले धन्यवाद ब्यक्त गरेका थिए ।

Comments