आज हिमपातकोसमेत सम्भाबना


असोज ३०, २०७८, शनिबार | विहान ०३:३१ बजे | 35


आज हिमपातकोसमेत सम्भाबना

काठमाडौ ः आज शनिबारबाट देशका धेरैजसो स्थानमा मौसम बदली हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भारतको आन्द्रप्रदेश तथा उडिसाको तटीय क्षेत्र आसपासको न्यून चापीय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा र केही स्थानमा मेघ गर्जन, चट्याङ, हावाहुरी सहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले शुक्रबार जारी गरेको विशेष बुलेटिनमा उल्लेख गरिएको छ । महाशाखाले उच्च पहाडी तथा हिमाली भू(भागहरूमा हिमपातको पनि सम्भावना रहेको जनाएको छ ।
विभागले जारी गरेको मौसम पूर्वानुमान

२०७८ असोज ३० गते (शनिबार)
दिउँसो ः देशको प्रदेश नम्बर १, प्रदेश नम्बर २, बाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशका एक÷दुई स्थानमा मेघगर्जन, चट्याङ सहित हल्का वर्षाको सम्भावना छ।
राति ः देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ।

२०७८ असोज ३१ गते (आइतबार)
दिउँसो ः देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानका साथै कर्णाली प्रदेशका एक(दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
राति ः देशभर सामान्य बदली रहनेछ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानका साथै प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

Comments