आज २ः३० बजे खम्ये दौडाउने


2021-10-14 02:55:50

News Image

भक्तपुर । भक्तपुरको दसैंको एउटा मुख्य आकर्षण खम्ये (राँंगो दौडाउने जात्रा) आज विहीबार हुँंदैछ। भक्तपुरको नवदुर्गा मन्दिरमा पालेर राखेको ठूलो राँंगो खम्येलाई दौडाएर उल्लासयमय रुपमा जात्रा मनाइन्छ।


राँंगोलाई भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरबाट निकालेर भक्तपुर ब्रम्हायणी मन्दिरसम्म दौडाइन्छ । जात्रा हेर्न नगरभरिका तथा बाहिरका हजारौं जात्रालुहरु हेर्न आएको हुन्छन। केही युवाहरुलाई राँंगोलाई बाटोभरि दौडाउने गरिन्छ । दौडाउनु अघि राँंगालाई रक्सी, छ्याङ्ग खुवाएर मातन लगाइन्छ। मातेको राँगोलाई हुलहुजतकासाथ दौडाएर लगिन्छ।

नवदुर्गाको मन्दिर रहेको भक्तपुर नगरपालिका वडा न ९ का वडा अध्यक्ष रवीन्द्र ज्याख्वले यो वर्ष जात्रा दिउँंसै हुने जनाए। जात्रालाई सभ्य, भव्य वनाउन जात्रा दिउँंसै गर्ने कार्यक्रम तय भएको जनाए। अघिल्ला वर्षहरुमा कोरोनाका कारण विहान ४ बजे नै जात्रा सकाएको थियो। त्यो भन्दा अगाडि भने साझ ५ मात्र जात्रा सुरु हुर्दै आएको उनले जानकारी गराए।
[[img3]]
महिषासुरको प्रतीक खम्येलाई अन्तमा भक्तपुर नगरको पूर्वमा अवस्थित ब्रम्हायणीमा पुयाइन्छ। त्यहाँको खोलामा पानीले छापेर नुवाइ दिन गरिन्छ। साथै खम्येलाई नौ रातको नवमी कालरात्रीमा त्यही वध गरिन्छ। राँगाको मासु जात्रामा विभिन्न जिम्मेवारी वहन गर्ने गरिन्छ। कसाइदेखि नवदुर्गाको मखुन्डो बनाउने चित्रकारसम्म सबैलाई बाँडिन्ने परम्परा छ।
महानवमीको राति ब्रम्हायणीमा राँगाको वध गरेपछि भोलिपल्ट विजया दशमीका दिन ब्रम्हायणीमा ठूलो मेला लाग्छ। मेला भर्न दसौं हजार श्रद्धालु ब्रम्हायणी पुग्छन्। दशमीमा मेला भर्न ब्रम्हायणीमा भक्तपुरसहित काठमाडौं, ललितपुर, काभ्रेपलान्चोकलगायत छिमेकी जिल्लावासी त्यहाँ पुग्छन् ।

महिषासुररुपी राँगो नवमीसम्म मन्दिरमै पालेर पालिने गरिन्छ। यसअघि राँंगोलाई प्रत्येक वर्ष घण्टाकर्ण चतुर्दशीदेखि नागपञ्चमीकोवीचमा नवदुर्गा देवताघरमा भित्राइन्छ । खम्ये पालिराखेको यो मन्दिरमा प्रत्येक वर्ष विजया दशमीको दिन राष्ट्रप्रमुख (राष्टपति) दर्शनका लागि आउने चलन छ ।

राँंगो व्यक्तिले पैसा हालिदिएर भित्राइन्छ । यसरी महिषासुरको प्रतीकका रुपमा राँगो जात्राका लागि मन्दिरमा चढाउने राँगो ठूलो र निख्खर कालो हुनुपर्छ । यसका लागि सधैं तलेजु मन्दिरका पदाधिकारीको संलग्नतामा विभिन्न ठाउँमा भनेजस्तो राँगो खोजिन्छ र आवश्यक पैसा इच्छाएको व्यक्तिले राखिदिने चलन छ ।
[[img1]]
भगवानलाई चढाएपछि पुण्य पाइने भएकाले भाकल गरी भक्तालुले पैसा तिरेर राँंगो चढाइदिने चलन छ। वर्षेनी यसैगरी श्रद्धालु भक्तजनले राँंगो जात्राका लागि राँगो दिने गरेका छन्। प्रत्येक वर्ष राँगो किनेर नवदुर्गा मन्दिरमा चढाउन प्रतिस्पर्धाजस्तै हुन्छ । चढाउन चाहने भक्तजनले क्रमबद्ध रुपमा राँगो चढाउन सक्ने व्यवस्था नवदुर्गा मन्दिरमा मिलाइएको छ।

Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *