खोकनामा सामूहिक रोपाई र मकै, भट्मास छर्यो


साउन ३, २०७७, शनिबार | दिउँसो १२:२४ बजे | 45


ललितपुर । खोकनाको खुडोलमा किसान र सम्पदाप्रेमीहरुको बृहत भेला भई शनिबार पनि रोपाई भएको छ । सरकारले द्ुत मार्ग बनाउने नाममा खोकनावासीहरुले पुस्तौ देखि जोत्दै आएको खुडोललाई बाँझो राख्न प्रहरी प्रशासनले पटक पटक हस्तक्षेप गरे पनि स्थानीयबासी र सम्पदा प्रेमी समुदायको ब्यापक सहभागितामा आज बाँझो रहेका जमिनमा रोपाई गर्नुका साथै मकै र भटमास छरेका छन् । असार १५ गते रोपाई दिवसको दिनमा रोपाई गर्न पुगेका किसानहरुलाई प्रहरी हस्तक्षेप भएपछि रोपाईमा अबरोध भएको थियो भने असार २०  गतेको सामूहिक रोपाईमा समेत प््रहरी हस्तक्षेप , हवाई फायर एवं अश्त्रु ग्यास प्रहार र झडप समेत भएको थियो । सोको विरुद्धमा संगठित भएका किसान र सम्पदा प्रेमीहरुले आज सामुहिक रोपाई गरेका हुन ।
[[img3]]
खोकनाबासीहरुको जीबिकोपार्जन, जीवनशैली मात्र होइन खोकनाको ऐतिहासिक जात्रा, पर्व र सभ्यतासँग जोडिएको खुडोलको उर्बरा भूमिलाई विकासको नाममा बिनास नगर्न आग्रह गर्दै पीडित किसानहरुले आह्वान गरेपछि काठमाण्डौ उपत्यका लगायत बिभिन्न क्षेत्रबाट खोकनावासीहरुको आन्दोलनप्रति ऐक्यबद्धता जनाउन पुगेका छन् । सहभागि महानुभावहरुले समेत रोपाई कार्यमा सघाएका छन् । कोरना भाइरसको जोखिमको नाममा भएको लक डाउनको बेला खेतियोग्य जमिनमा माटोको ठुम्का ठुम्का लगाएपछि सो क्षेत्रमा मकै र भटमास छरेर सिकाली र खोकनाको सभ्यता संरक्षणमा किसान र सम्पदाप्रेमीहरु जागेका हुन ।

फाेटाेमा हेर्नुहाेस्...

Comments