नेपाल स्काउट भक्तपुरको तीनदिने अभिमुखीकरण तालिम सम्पन्न


साउन ३, २०७७, शनिबार | विहान ११:२९ बजे | 55


भक्तपुर । जिल्ला स्काउट कार्यालय भक्तपुरको आयोजनामा भएको तीनदिने कोभिड १९ अभिमुखीकरण कार्यक्रम शनिबार भक्तपुरमा सम्पन्न भएको छ । तीनदिने अभिमुखीकरण कार्यक्रममा सहभागी फुल व्राइट इंगलिश स्कुलका विद्यार्थीलाई चाँगुनारायण नगरपालिकाका मेयर सोम मिश्रले एक कार्यक्रमवीच प्रमाणपत्र वितरण गरे ।
[[img2]]
कार्यक्रममा मेयर मिश्रले स्काउटले असल नागरिक तयार पार्न सहयोग गर्ने बताए । साथै उनले असल भई मेहनत गरे जीवनमा सफलता पाउने भएकाले राम्रो नियतका साथ मेहनत गर्न विद्यार्थीलाई सल्लाह दिए ।
[[img3]]
चाँंगुनारायण नगरपालिका वडा नं ३ झौखेलका वडाअध्यक्ष श्यामसुन्दर धामीले आजका ससाना विद्यार्थी नै भोलिका कर्णधार भएकाले आजका विद्यार्थी सक्षम हुनुपर्नेमा जोड दिए ।
जिल्ला स्काउट कार्यालय भक्तपुरका प्रमुख आयुक्त रामगोपाल कर्माचार्यले जिल्लामा तीन हजार आठ सय स्काउटहरु रहेको जानकारी गराए । साथै यहाँं चार सय रोभर रेन्जर, दुई सय ५० लिडरहरु रहेको जानकारी पनि उनले गराए ।
[[img4]]
फुल ब्राइट इगलिश स्कुलका प्रिन्सिपल राजेश दाहाल, स्कुलका स्काउट माष्टर सोनु रञ्जित, तालिममा सहभागीमध्येबाट विद्यार्थी आदेश खनाललगायतले कार्यक्रममा आआफनो धारणा राखेका थिए ।
तीन दिने तालिममा सहभागीहरुलाई चर्चित उद्धारकर्मी अरुण सैंजू, पुनम कर्माचार्य, प्रहरीलगायतले कोभिडबारे जानकारी र बच्ने उपायहरुबारे तालिम दिएका थिए ।

फाेटाेमा हेर्नुहाेस्...

Comments