करौडौं रकम खुवाएर मन्त्री बनेपछि.............


असोज २४, २०७८, आइतबार | दिउँसो ०१:४१ बजे | 70


करौडौं रकम खुवाएर मन्त्री बनेपछि.............

भक्तपुर, २४ असोज । नेपाल नगरपालिका कर्मचारी एशोसियसन भक्तपुर नगरपालिका समितिको आयोजनमा विजया दशमीको अवसरमा आयोजित शुभकामना आदान–प्रदान तथा मार्ग निर्देशन कार्यक्रम नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवं संघीय माननीय सांसद प्रेम सुवालको प्रमुख आतिथ्यतामा एक समारोहबीच भनपा सभाकक्षमा आइतवार सम्पन्न भयो ।
प्रमुख अतिथि प्रेम सुवालले जीवनलाई विज्ञान सम्मत ढंगले अगाडि बढाउनु पर्ने बताउँदै दशैंमा देवतालाई बलि दिने अन्धविश्वासबाट मुक्त भई मनाउनुपर्ने बताउनु भयो । उहाँले शासक दलले देश र जनताको निम्ति काम गरे देवता बन्ने बताउँदै भगवान देखाएर शासक दलहरु पन्छिने र आछाममा स्वास्थ्य चौकी र बर्थिङ्ग सेन्टर नहुँदा २५ प्रतिशतले घरमै सुत्केर गर्दा रक्तश्राव भई मृत्यु वरण गरेको समाचारहरु आएकोले झुठा आश्वासनले जनतालाई भुलभुलैयामा पारिरहेको बताउनु भयो । उहाँले प्रधानन्यायधीस भागबन्दामा, धनाद्य विनोद चौधरी कर छली, इच्छाराज तामाङ्ग सहकारीको साढे सात अर्व हिनामिना र अहिले मन्त्रि बनेकाहरु करौडौं रकम खुवाएर मन्त्री बनेपछि देशको निम्ति काम नगर्ने बताउँदै कर्मचारीहरुले आफ्नो काम जिम्मेवारी पूर्वक निर्वाह गर्न निर्देशन दिनुभयो । उहाँले एमसिसि देशघाती हो भनेर जनतालाई शिक्षित किन नगरेको भनि संसदमा मन्त्रीहरुलाई जिज्ञासा राखेको बताउँदै शासक दलहरु दलाल हुन भन्नुभयो । उहाँले कांग्रेस भारत परष्ट भएको बताउँदै सुवर्ण सम्शेर मार्फत विपि कोइरालाले भारतको तलब बुझेको कांग्रेस नेताहरुले नै टेलिभिजनमा बोलेको बताउनुभयो । उहाँले पूर्व अमेरिकी राष्ट्रपति ट्रम्पले एमसिसि हिन्दप्यासिफिक रणनीति सैनिक गठबन्धन भएको दस्तावेज हुँदा हुँदै सर्वदलीय वैठकमा सैनिक गठबन्धन नभएको प्रम शेरबहादुर देवाले झुठ बोलेको बताउनु भयो । उहाँले एमसिसिको योजना स्विकृत गर्न भारतको सर्मथन चाहिने भन्नु भारतको प्रान्तको रुपमा हेरिएकोले नेपालको सार्वभौमिकतामा आँच पुगेको बताउनुभयो । उहाँले हतियारको लागि औकास र क्वाड गठन गरेको बताउँदै दक्षिण एसियामा युद्ध थुपारी नेपाल रणभूमि बनाउने भएकोले एमसिसिको विरोध गर्नु पर्ने बताउनु भयो । उहाँले शेयर पूँजी र निजि जथाभावी प्लटिङ्ग गर्न नहुने र उपत्यकामा बसाइसराईले जाम, फोहर र धुँवा धुलोको समस्या बृद्धि भएको बताउनुभयो ।
    कार्यक्रममा विशेष अतिथि नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम भक्तपुर नगर प्रमुख सुनिल प्रजापतिले दशैं फरक ढंगले माछामासु र पेय पदार्थको सत्ता किताब किनेर, रमाइलोको सत्ता किताब अध्ययन गरेर, कथाकारहरु कथा संग्रह निकालेर मनाउनु पर्ने नयाँ सोचको विकास गर्नु पर्ने बताउनुभयो । उहाँले कर्मचारीहरुले कोभिडको कारण भिडभाड र स्वास्थ्य मापदण्ड अपनाई नगरलाई फोहर हुन नदिने र कार्यक्रमहरु गरी ज्ञान गुणका कुराहरु सिकेर र दशैंमा चेतना मुलक गतिविधि गरेर मनाउन साथै समय महत्वपूर्ण हुने भएकोले विदाको समय खेर नफालि उपलब्धी मुलक बनाउन निर्देशन दिनुभयो । उहाँले सोभियत संघ विघटन अधि जनताका सुविधाहरु प्रशस्त थियो भने विघटन पछि अभाव र वेरोजगारले महिलाहरु यौन पेशामा लाग्नु परेको र बृद्धबृद्धालाई अति नै दुख भएको उदाहरणहरु बताउनु भयो । उहाँले एमसिसि पैसा देखाएर देशलाई उपनिवेश बनाउने, उदयमान चीनलाई रोक्ने, इराक, लिवियालाई जस्तै ध्वस्त बनाउने सैनिक गठबन्धन भएकोले नेपालको असंलग्न परराष्ट्र नीति विपरित छ भन्नुभयो ।
    कार्यक्रममा अतिथि भनपाका उपप्रमुख रजनी जोशीले दशैं मनाउँदा स्वास्थ्य मापदण्ड अपनाई कोभिडबाट सुरक्षित रहि सामाजिक विकृति नहुने गरी मनाउनुपर्ने बताउनु भयो । साथै देशको सिमा, एमसिसि बारे राजनीतिक कक्षा संचालन गरेको भए देशको यो अवस्था नहुने बताउनुभयो । उहाँले इतिहासबाट सिकेर पूर्खाको अनुभव अंगालेर कला संस्कृति र भाषाको जगेर्ना गर्नुपर्ने बताउनुभयो ।  
    कार्यक्रम कर्मचारी एशोसियसनका अध्यक्ष गौतम प्रसाद लासिवाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठ, कर्मचारी एशोसियसनका सदस्य रामकृष्ण प्रजापति र विकास प्रजापतिले पनि बोल्नु भएको थियो ।

Comments