म्याग्दे दमौली समाजको शुभकामना आदानप्रदान


असोज २३, २०७८, शनिबार | दिउँसो ०२:१७ बजे | 65


म्याग्दे दमौली समाजको शुभकामना आदानप्रदान

बिराज अधिकारी
विजया दशमी तथा दिपावलीको अवसर पारि म्याग्दे दमौली समाजले शनिबार दमौलीमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।
समाजका अध्यक्ष मनिराज थापाको अध्यक्षतामा भएको शुभकामना आदानप्रदान कार्यक्रममा पुर्व अध्यक्ष भाग्यशाली ढुंगाना , सहसचिव कमला वाग्ले , कोशाध्यक्ष रमा वाग्ले , हरिश्चन्द्र वाग्ले , सदस्य देवी पौडेल खनाल , विधान मस्यौदा समितिका सदस्य केशव पौडेल , पुर्व सचिव पदम कुमार श्रेष्ठ , पुर्व सदस्य राधा वाग्ले लगायतको उपस्थिति रहेको सचिव बिकास खनालले बताए ।
म्याग्देबाट बसाइ , ब्यापार व्यवसाय र रोजगारिको शिलशिलामा दमौली आएका ब्यक्तित्वहरू लाई संगठित र मजवुद बनाउँदै अफ्ट्यारोमा परेकालाई सहयोग गर्ने उद्धेश्यले समाज स्थापना भएको सहभागीहरूले बताएका थिए ।
समाजले यस अगाडि विभिन्न रोगले बिमारी भइ सख्त भएकाहरू लाई सहयोग गर्दै आएको अध्यक्ष मनिराज थापाले बताए।

Comments