समदर्शीको १९ औं बार्षिक साधारणसभा सम्पन्न


असोज २३, २०७८, शनिबार | विहान ०९:४० बजे | 50


समदर्शीको १९ औं बार्षिक साधारणसभा सम्पन्न

भक्तपुर । समदर्शी बचत तथा ऋण सहकारी संस्था लि. को १९ औं बार्षिक साधारणसभा महेश्वरीस्थान भनपा–८ स्थित संस्थाको भवनको सभाहलमा सम्पन्न भयो ।
[[img2]]
भक्तपुर नगरपालिकाका उपमेयर तथा कार्यक्रमका प्रमुख अतिथि रजनी जोशीले पानसमा बत्ती बाली कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा उपमेयर तथा कार्यक्रमका प्रमुख अतिथि रजनी जोशीले भक्तपुर नगरपालिकाबाट नगर भित्र सञ्चालित सहकारी संस्थाको लागि बानएको ऐनको बारेमा जानकारी गराउनुभएको थियो ।
[[img6]]
उहाँले संस्थाले सदस्य केन्द्रीत भएर सदस्यको हितमा र सदस्यको समस्या समाधान गर्न  गरेको प्रयास संस्थाको “तपाईंको समस्या , समदर्शीको समाधान” नाराले प्रस्त पारेको बताउनुभयो । संस्थाका बाल सदस्यहरुलाई जन्मदिनको केक को सत्तामा अरु आवश्यक बस्तु उपलब्ध गराए राम्रो हुने विचार ब्यक्त गनुभयो । त्यस्तै संस्थाका संस्थापक अध्यक्ष तथा प्रबन्ध निर्देशक हरिराम लवजूले अहिलेको अवस्थामा समाजमा दुई किसिमको सहकारी संस्था  देखिएको औल्याउनु भयो ।
[[img4]]
ब्यक्तिमुखि सहकारीमा अहिले समस्या धेरै देखिएको हालसालको समाचारले देखिएको बताउनु भयो । सहकारी विभागले एक ब्यक्ति एक सहकारी नीति ल्याएर निम्न आर्थिक स्तर भएका जनतालाई प्रगतिउन्मुख हुनबाट रोक्न खोजेको र  यसलाई बैंकका माफियाहरुले गर्दा  लागु गर्न खोजिएको हो भन्नुभयो ।
[[img3]]
संस्थाका अध्यक्ष रामकृष्ण मानन्धरको सभापतित्वमा सम्मन्न १९ औं बार्षिक साधारणसभा भक्तपुर जिल्ला बचत संघका सञ्चालक सदस्य कृष्णश्वरी मचामसी, जिल्ला सहकारी संघमा सहना पसखल, संस्थाका सल्लाहकार समिति संयोजक विश्वमोहन जोशी तथा अवकाश हित बचत उपसमिति सदस्य कृष्णगोपाल कुसीले बोल्नुभएको थियो । कार्यक्रममा सचिब विश्वबहादुर दुवाल, कोषाध्यक्ष सुवर्णकेशरी दुवाल तथा लेखा सुपरिवेक्षण समिति संयोजक कृष्णराम दुवालले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

फाेटाेमा हेर्नुहाेस्...

समदर्शीको १९ औं बार्षिक साधारणसभा सम्पन्न
समदर्शीको १९ औं बार्षिक साधारणसभा सम्पन्न
समदर्शीको १९ औं बार्षिक साधारणसभा सम्पन्न
समदर्शीको १९ औं बार्षिक साधारणसभा सम्पन्न
समदर्शीको १९ औं बार्षिक साधारणसभा सम्पन्न
समदर्शीको १९ औं बार्षिक साधारणसभा सम्पन्न

Comments