सुत्केरीको लागि निःशुल्क एम्बुलेन्स सेवा


असोज २१, २०७८, बिहीबार | दिउँसो ०३:५५ बजे | 65


सुत्केरीको लागि निःशुल्क एम्बुलेन्स सेवा

काभ्रे जिल्लाको रोशी गाउँपालिकाले सुत्केरीको लागि निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिएको छ । गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत परशुराम थापाले बुधबार एक सूचना जारी गर्दै उक्त कुराको जानकारी दिएको हो ।
गाउँपालिका भित्रको वर्थिङ सेन्टरहरुमा सुत्केरी हुन आउँदा र सुत्केरी भई घरसम्म फर्कदा एम्बुलेन्स निःशुल्क पाउने सूचनामा उल्लेख छ । यो सुविधा रोशी गाउँपालिकाका नागरिकहरुले मात्र प्राप्त गर्ने छ ।
साथै उक्त सुविधा लिनको लागि रोशी गाउँपालिका अन्तर्गतका बर्थिङ सेन्टरहरुमा सुत्केरी भएको हुनुपर्ने बताइएको छ ।

Comments