सिर्जनानगरमा नवनिर्मित आधारभूत स्वास्थ्य सेवा केन्द्र भवनको निर्माण


असोज २१, २०७८, बिहीबार | दिउँसो १२:३० बजे | 15


सिर्जनानगरमा नवनिर्मित आधारभूत स्वास्थ्य सेवा केन्द्र भवनको निर्माण

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपा वडा नं. १ सिर्जनानगरमा नवनिर्मित आधारभूत स्वास्थ्य सेवा केन्द्र भवनको उद्घाटन बिहीबार एक समारोहबीच गर्नुभयो ।
कार्यक्रममा बोल्नुहुँदै उहाँले जनताको सहयोगबाट निर्मित स्वास्थ्य सेवा केन्द्र बाट व्यापक जनताको सेवा हुने विश्वास व्यक्त गर्दै संस्थाको भौतिक पूर्वाधारसँगै जनशक्ति व्यवस्थापनतिर नपाले ध्यान दिने बताउनुभयो । उहाँले उपभोक्ता समितिमार्फत निर्मित स्वास्थ्य सेवा भवनको गुणस्तरीयतामा कुनै खोट नहुने बताउनुहुँदै जनताको अपनत्व पनि यसमा रहने बताउनुभयो ।
भक्तपुर नपाद्वारा सञ्चालित ख्वप अस्पताल कोभिड युनिटले ४५५ जना कोभिड संक्रमितहरुको सेवा गरिसकेको अवगत गराउनुहुँदै उहाँले ख्वप अस्पतालमा अक्सिजन प्लान्ट निर्माणका क्रममा स्थानीय जनता र विभिन्न संघ संस्थाहरुबाट प्राप्त आर्थिक तथा नैतिक सहयोगले जनताको सेवा गर्न अझ उत्साह मिलेको बताउनुभयो ।
प्रमुख प्रजापतिले विगत लामो समयदेखि डुबानमा पर्दै आएको सिर्जनानगर नपली क्षेत्रलाई सुरक्षित बनाउने काम नगरपालिकाले गरेको बताउनुहुँदै भक्तपुर नपाले आवश्यकतालाई प्राथमिकतामा राख्दै विकास निर्माणका गतिविधि अगाडि बढाइरहेको अवगत गराउनुभयो । उहाँले विदेशी संघ संस्थाको सहयोगले कहिल्यै आत्मनिर्भर नबनाउने बताउनुहुँदै भक्तपुर नपाभित्रका पर्ति जग्गा अतिक्रमण हुनबाट रोक्न त्यसको संरक्षण गर्ने कामहरु गर्दै आइरहेको बताउनुभयो ।  
भक्तपुरको सल्लाघारीमा अवस्थित १०८ रोपनी जग्गामा ख्वप विश्वविद्यालय स्थापना गर्ने उद्देश्य नगरपालिकाको रहँदै आएको बताउनुहुँदै उहाँले नगरपालिका क्षेत्रभित्रका नयाँ बस्तीलाई आधुनिक र सुविधासम्पन्न सहरको रुपमा विकास गर्ने योजना रहेको बताउनुभयो ।
भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले वडाले १६ वटा नगरस्तरीय र ८ वटा वडास्तरीय योजनाहरु सम्पन्न गरिसकेको बताउनुहुँदै नवनिर्मित स्वास्थ्य संस्थाको भवनबाट छिटै स्वास्थ्य सेवा उपलब्ध हुने जानकारी दिनुभयो । भक्तपुरको रानीपोखरी पुनःनिर्माण करिब करिब अन्तिम चरणमा पुगिसकेको बताउनुहुँदै उहाँले छिटै सर्वसाधारणको लागि खुल्ला गर्ने तयारीमा रहेको बताउनुभयो ।
भनपा वडा नं. १ का पार्टी इन्चार्ज लक्ष्मीनारायण खत्रीले भक्तपुर नपाले शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्दै आफ्ना कामहरु अगाडि बढाइरहेको बताउनुहुँदै नेमकिपाले देशघाती एमसीसीको विरोधमा देशैभरि विविध गतिविधिहरु गर्दै आइरहेको बताउनुभयो ।
सोही अवसरमा नगर प्रमुख प्रजापतिले भवन निर्माण उपभोक्ता समिति र अनुगमन समितिका पदाधिकारीहरुलाई खादा ओढाई सम्मान गर्नुभएको थियो । त्यस्तै सिर्जनानगरका स्थानीय लवरीया थपलियाले नगर प्रमुख प्रजापतिलाई नवनिर्मित स्वास्थ्य संस्थाको लागि अक्सिजन कन्सनट्रेटर सहयोगको रुपमा हस्तान्तरण गर्नुभएको थियो ।
त्यसैगरी कार्यक्रमका सभापति एवम् उपभोक्ता समितिका अध्यक्ष सम्झना प्रेमीले २०७७ जेठ २१ गते शिलान्यास भई सुरु भएको भवन निर्माण कार्यमा भक्तपुर नपा र स्थानीय जनताको साथ र सहयोग प्राप्त भएको बताउनुभयो भने भवन निर्माण उपभोक्ता समितिका कोषाध्यक्ष शान्ता घिमिरेले भवन निर्माणको यथार्थ आय व्यय विवरण प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. १ का वडा सदस्य एवम् अनुगमन समितिका संयोजक सूर्यप्रसाद श्रेष्ठ, ख्वप अस्पतालका डा. रत्नसुन्दर लासिवा, नपली सिर्जना सेवा समाजका अध्यक्ष रामहरि पोखरेल, नपली सिर्जनानगर टोल सुधार समितिका अध्यक्ष विकुलाल बासु, नपली सिर्जजना सेवा समाज महिला उपसमितिका सभापति इन्दिरा नेपाल,

Comments