पाकिस्तानमा विहानै ५.७ रेक्टरको भूकम्प : कम्तिमा ३८ जनाको मृत्यु
असोज २१, २०७८, बिहीबार | विहान ०३:०७ बजे | 25
काठमाडौं । पाकिस्तानको दक्षिणी बलोचिस्तान प्रान्तमा आज बिहान ठूलो भूकम्प गएको छ। भूकम्प जाँदा कम्तीमा ३८ जनाको मृत्यु भएको छ। उद्धार कार्य जारी रहेकाले मृतकको संख्या बढ्नसक्ने पाकिस्तानी सुरक्षा अधिकारीले जनाएका छन्।
बिहान ३ बजे भूकम्प आएकाले बढी मानवीय क्षति भएको बताइएको छ। सो समयमा अधिकांश मानिस सुतिइरहेका थिए र भत्किएका घरले उनीहरुलाई च्यापेको थियो। मृतकमध्ये अधिकांश महिला तथा बालबालिका रहेका छन्। कम्तीमा ४२५ जना घाइते भएका छन्।
[[img2]]
प्रारम्भिक रिपोर्टहरूका अनुसार ५।७ रेक्टर स्केलको भूकम्प गएको बताइएको छ। केन्द्रबिन्दु हरनेइ इलाकामा भएको बताइएको छ। भूकम्पका कारण ठूलो जनधनको क्षति भएको अनुमान छ।
फाेटाेमा हेर्नुहाेस्...