भक्तपुरमा आजदेखि बृद्ध भत्ता वितरण
असोज २०, २०७८, बुधबार | विहान ०३:१२ बजे | 20
भक्तपुर । भक्तपुरमा आज बुधबारदेखि बृद्ध भता वितरण हुने भएको छ । आज बुधबार साउन २० गतेदेखि २५ गतेसम्म भत्ता वितरण हुनेछ । भता लिनका लागि बैंक अथवा वडा कार्यालयहरुमा जान सकिने नगरपालिकाद्धारा जारी सूचनामा जनाइएको छ ।
भता साउन, भदौ र अजोस तीन महिनाको वितरण गरिने जनाइएको छ । भता लिनका लागि सामाजिक सुरक्षा परिचयपत्र र संरक्षकको हकमा संरक्षक खुलेको कागजपत्र वा सम्वन्धित वडाको सिफारिक वा परिचय पत्र लिएर आउनुपर्ने जनाइएको छ ।
लिन नआउनेहरुको हकमा आफनो खातामा जम्मा हुने जनाइएको छ । दसैं पछाडि पनि कार्यालय समयमा आफनो अनुकुलता अनुसार बैकबाट रकम बुझन सकिने जनाइएको छ ।
फाेटाेमा हेर्नुहाेस्...