एमाले जिल्ला अध्यक्षको वडामा एमाले जिल्ला अध्यक्षकै मितको नेतृत्वमा समाजवादीको वडा कमिटी गठन


असोज १८, २०७८, सोमबार | दिउँसो ०२:५० बजे | 35


एमाले जिल्ला अध्यक्षको वडामा एमाले जिल्ला अध्यक्षकै मितको नेतृत्वमा समाजवादीको वडा कमिटी गठन

भक्तपुर।  मध्यपुर थिमी नगरपालिका वडा नं ३  मा नेकपा एकिकृत समाजवादी पार्टीको वडा कमिटी गठन गरिएको छ । एकिकृत समाजवादी पार्टीले नेकपा एमाले भक्तपुर जिल्ला कमिटीका अध्यक्ष समेत रहेका बचन देउजाका मित नबिन बस्नेतको अध्यक्षतामा १५  सदस्यीय  वडा कमिटी गठन गरेको हो ।
भक्तपुर जिल्लामा नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी ) को संगठन बिस्तारलाई तिब्रता दिने क्रममा आज सो पार्टीको  मध्यपुर थिमी  नगर संगठन कमिटीको आयोजनामा  गठ्ठाघरमा आयोजना  गरिएको अगुवा कार्यकर्ता भेलाले वडा कमिटी गठन गरेको हो  ।
भेला एकिकृत समाजवादी पार्टीका मध्यपुर थिमी  नगर संगठन कमिटी अध्यक्ष नबिन प्रकाश श्रेष्ठको अध्यक्षतामा भएको थियो।  भेलाको संचालन मध्यपुर थिमी  नगर संगठन कमिटीका सचिब क. द्रब्यलाल जयनाले गर्नु भएको थियो।  वडाका १००  भन्दा बढि पुराना नेता  कार्यकर्ताहरुको उपस्थिती रहेको थियो। भेलामा पार्टीका जिल्ला अध्यक्ष  स्याम बस्नेत, जिल्ला उपाध्यक्ष प्रेमानन्द लाल  श्रेष्ठ, जिल्ला सदस्य श्याम चौलागाईंले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।
नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी ) पार्टीले भक्तपुर  जिल्लामा गत असोज  ६ गते प्रथम विस्तारित बैठक सम्पन्न गरेर अहिले जिल्लाभर आफ्ना संगठनहरु विस्तार गरिरहेको छ ।

Comments