जेष्ठ नागरिक सम्मान सहित निशुल्क आँखा शिविर


असोज १८, २०७८, सोमबार | विहान ०७:१२ बजे | 60


जेष्ठ नागरिक सम्मान सहित निशुल्क आँखा शिविर

आरोग्य परमा लाभाको नारासहित सामुदायिक स्वास्थ सेवा केन्द्र नागबहाल र ललितपुर महानगरपालिका वडा १६ को संयुक्त आयोजनामा सम्पन्न निशुल्क आँखा शिविरमा हिरण्यवर्ण महाविहारका जेष्ठ नागरिक आजुहरुलाई पनि सम्मानित गरिएको छ ।
जेष्ठ नागरिक केन्द्रित उक्त शिविरमा बिहान ८– ११ बजे सम्ममा २ सय ५८ जनाले परिक्षण गराएका थिए भने नागबहालका दशपारमिता आजुहरुलाई शिविर संयोजक मोतिशान्ती शाक्य, वडाध्यक्ष निर्मलरत्न शाक्य, छाँया जुवा लगायत इच्छुक स्वंयसेवकहरुले विशेष सम्मानकासाथ  दिर्घायु कामनासहित दानप्रदान गरेका थिए ।

नेपाल आँखा अस्पतालका बरिष्ठ आँखा विशेषञ डा.इन्दुप्रसाद ढुंगेल तथा डा.किरण शाक्यको नेतृत्वमा निशुल्क जाँच तथा निशुल्क आौषधी बितरण गरिएको उक्त शिविरमा २१ जनाको मोतियाबिन्दुको निशुल्क शल्यक्रीया गरिएको शिविर संयोजक मोतिशान्ती शाक्यले जनाएका छन ।


शिविर सफलतामा प्राविधिक सहयोगी नेपाल आँखा अस्पताल, शिविर आयोजना प्रस्ताव कार्यान्वयन गर्ने महानगरपालिका वडा १६ का जनप्रिय वडाध्यक्ष निर्मलरत्न शाक्य तथा नागबहाल सामुदायिक स्वास्थ्य केन्द्र र स्वंयसेवकहरुको साथ रहेको बताउँदै शाक्यले भने,  “तात्कालिक अवस्थामा मधुमेह, ब्लड प्रेसर जस्ता शल्यक्रियामा बाधक समस्या देखिएका  १८ जनाको नेपाल आँखा अस्पतालमा प्राथमिकताकासाथ फलो अप अनि निशुल्क शल्यक्रियाको ब्यवस्था मिलाईएको छ ।“
[[img2]]

शिविरमा ९० वर्षीय बृद्धा समेतको सहभागिता तथा आँखादान र छालादानको पुनित कार्यमा समेत लाभग्राहीहरु अग्रसर देखिएकोमा उत्साहित देखिएका वडाध्यक्ष निर्मल रत्न शाक्यले मोतियाबिन्दुको निशुल्क शल्यक्रिया सहित जचाउन आएका सम्पूर्णलाई आवश्यक औषधि निशुल्क ब्यवस्था गरिएको बताए । संयोजक शाक्यको ४८औं निशुल्क शिविर  सफलतापूर्वक सम्पन्न गर्न  वडाको संलग्नता रहेकोमा खुशी हुँदै उनले नेपाल आँखा अस्पतालका बरिष्ठ आँखा विशेषञ डा.इन्दुप्रसाद ढुंगेल तथा डा.किरण शाक्यको नेतृत्वमा रहनुभएका कल्याण ढुंगाना, रचना काफ्ले, रेखा घिमिरे, यशोदा तिवारी, राधिका घले र एलिना गोपालीको  टोलीप्रति विशेष आभार ब्यक्त गरे ।

स्वास्थ्यलाई मध्यनजर गरेर बेलाबखत विभिन्न जनमुखी स्वास्थ्य शिविर संचालन गर्ने कार्यमा ललितपुर महानगरपालिका वडा नंबर १६ ले कुनै कसर वाँकी नराखेको जानकारी पनि वडा अध्यक्ष शाक्यले वताएका छन्।

फाेटाेमा हेर्नुहाेस्...

जेष्ठ नागरिक सम्मान सहित निशुल्क आँखा शिविर

Comments