आजदेखि भक्तपुरको आदर्शमा दसैं तिहार सस्तो बजार


असोज १८, २०७८, सोमबार | विहान ०३:१३ बजे | 45


आजदेखि भक्तपुरको आदर्शमा दसैं तिहार सस्तो बजार

भक्तपुर । आज सोमबारदेखि भक्तपुरको आदर्शस्थित सूर्यविनायक हरित कृषि थोक बजार प्रालिमा सूर्यविनायक हरित कृषि थोक तथा दसैं तिहार सस्तो बजार २०७८ हुने भएको छ । बजार आज असोज १८ गतेदेखि २५ गतेसम्म हुनेछ । यस अवसरमा दैीनक साँंझ चार बजेदेखि सात बजेसम्म सांगेतिक कार्यक्रम पनि हुने जनाइएको छ ।


सूर्यविनायक हरित कृषि थोक बजार प्रालिका व्यवस्थापक दिनेश खाताखोले दसैं तिहारमा आवश्यक सवै सामान एउटै छानामुनि सजिलैसँंग पाउन सकियोस् भनेर वजार सञ्चालन गर्न लागेको जनाए । अरुबेला तरकारी मात्रै पाइने यो बजारमा यस अवसरमा तरकारीका साथै नुनदेखि सुनसम्मका सवै सामानहरु सस्तो मूल्यमा पाइने जनाइएको छ । तरकारीका साथै लताकपडालगायतका सम्पूर्ण सामानहरु पाइने जनाइएको छ ।

बजारमा प्रवेश भने निःशुल्क रहेको जनाइएको छ । केही महिना अगाडिदेखि त्यहाँं नेपालकै ठूलो तरकारी बजार सञ्चालित छ । अरनिको राजमार्गसँंग जोडिएको यो तरकारी बजार ३५ रोपनी क्षेत्रफलमा फैलिएको छ ।

Comments