अख्तियार विरुद्ध सिरहाको नरहा गाउँपालीकामा मसाल जुलुस पर्दर्शन


असोज १७, २०७८, आइतबार | विहान ०२:०५ बजे | 30


अख्तियार विरुद्ध सिरहाको नरहा गाउँपालीकामा मसाल  जुलुस पर्दर्शन

महेश सिंह
सिरहा । अख्तियार विरुद्ध सिरहाको नरहागाउँपालीकामा मसाल  जुलुस पर्दर्शन गरेको छ । जनता समाजवादी पार्टी (जसपा)ले सिरहाका नरहागाउँपालीकामा मसाल जुलुश प्रदर्शन गरेको जसपाका  युवा नेता बिजय कुमार यादवले जनाएको छ । केहि दिन अगाडि मुख्यमन्त्री कार्यालयको बेटी पढाउ, बेटी बचाउ अभियान अन्तर्गत खरिद भएको साइकल प्रकरणलाई लिएर अख्तियारले छापामारी गरेका थिए ।

प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा राजनीतिक षडयन्त्र पूर्वक अख्तियारले छामापारी गरेको उनीहरुको आरोप छ । जसपाका नेता  बिजय कुमार यादवका नेतृत्वमा नहरा गाउँपालीकामा करिब  सयौं जसपाका नेताकार्यकर्ताहरुको एक  समुहले गापा भरी पर्दर्शन गरेका छन् ।

लोकप्रिय कार्यक्रम बेटी पढाउ, बेटी बचाउ कार्यक्रमलाई बदनाम गराउन अख्यितारले छापा मारेका आरोप लगाउँदै जसपाका नेताहरुले आपति समेत जनाएको छ । स्थानीय तहहरुमा हाथमा मशाल बोकी अख्तियार प्रमुख मुर्दावाद,अख्तियार प्रमुख राजिनामा दे, जस्ता नारा लगाउँदै मशाल जुलुस प्रर्दशन गरेका छन्। नेता यादव सिरहा क्षेत्र नम्बर ४ का लोकप्रिय नेताको रूपमा चिनिने गरेको छ।

Comments