एमाले पार्टी नभई गुट मात्र भएको आरोप


असोज १६, २०७८, शनिबार | दिउँसो १२:४६ बजे | 40


एमाले पार्टी नभई गुट मात्र भएको आरोप

भक्तपुर । नेकपा (एकीकृत समाजवादी) पार्टीका महासचिव बेदुराम भुसालले नेकपा एमाले पार्टी नभई ओली गुटमात्र मात्र भएको टिप्पणी गरेका छन्। शनिवार भक्तपुरमा भएको नेकपा(सामाजवादी)को भक्तपुर जिल्ला कार्यालय उद्घाटन पछि आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा महासचिव भुसालले केपी ओलीले पार्टीलाई गुट बनाएको आरोप लगाए।

उनले पार्टी नीतिअनुसार चल्नुपर्नेमा नेकपा एमालेमा नेतावादी नीति मौलाउँदै गएको चर्चा गर्दै एमाले ओली रुचाउनेहरुको झुण्डमात्र भएको टिप्पणी गरे। नेपाल कम्युनिस्ट आन्दोलन जोगाउनका लागि केपी ओली प्रवृतिको अन्त्यको बिकल्प नभएको समेत बताए।

उनले पानीको बोटलमा समेत ओलीको फोटो टाँस्नुले कम्युनिस्ट मर्ममाथि प्रहार गरेको उल्लेख गर्दै सो कामले माक्र्सवादको समेत ठाडो उलंघन भएको बताए। कार्यक्रममा बोल्दै उनले पार्टीको प्रशिक्षण शैलीमा सुधार गर्दै आफ्नो पार्टीले निकट समयमै पार्टी स्कुल सञ्चालन गर्ने जानकारी पनि दिए। नेकपा एमाले ठुलो मिहिनेतले बनाएको सम्झना गर्दै नवौं महाधिवेशनबाट चयन भएको ओली नेतृत्वले कम्युनिस्ट लाईन छाडेको पनि उहाँले बताए। कार्यकर्तालाई कम्युनिस्ट पार्टीको सैद्धान्तिक पक्षबारे प्रशिक्षण दिदै ओलीले नेतृत्व गरेको पार्टीमा आफुहरु हराउँदै गएपछि नेकपा(समाजवादी) पार्टीको जन्म भएको बताए। केपी ओलीले पार्टीको सिद्धान्तलाई समेत व्यवहारमा नउतारेको आरोप लगाउँदै प्रतिनिधिसभा विघटन गरि जनताको सार्वभौमसत्तामाथि हमला गरेको उल्लेख गरे।
    
त्यस्तै कार्यक्रममा भक्तपुरका अध्यक्ष श्याम बस्नेतले पार्टी कार्यालय उद्घाटन गरी पार्टी कार्यकर्ताहरुका लागि प्रशिक्षण राखिएको बताए। उहाँले पार्टीलाई अघि बढाउनका लागि पार्टी गतिविधि भईरहेको जानकारी दिदैं सहीदिशा, सही नीति र सही नेतृत्वका साथ अघि बढिरहेको बताए। कार्यक्रममा भक्तपुर समिति गठनसँगै वडावडामा पार्टी गतिविधि बढाउदैं लैजाने पार्टी उपाध्यक्ष प्रेमानन्दलाल श्रेष्ठले बताए।

Comments