छालारोगसम्वन्धी सेवा सञ्चालन सुरु
साउन १, २०७७, बिहीबार | दिउँसो १२:०८ बजे | 30
भक्तपुर । भक्तपुर नगरपालिकाद्धारा सञ्चालित जनस्वास्थ्य सेवा केन्द्र च्याम्हासिंहले छालारोगसम्वन्धी विशेषज्ञ सेवा थप सञ्चालन गर्ने भएको छ । लकडाउनका कारण बन्द रहेको सेवा सुरु हुन लागेको जनस्वास्थ्यद्धारा विहिवार जारी सूचनामा उल्लेख छ । केन्द्रका प्रमुख डा रत्नसुन्दर लासिवाद्धारा जारी सूचनामा साउन आइतबार, मंगलबार र शुक्रबार साँझ ४ बजेदेखि ६ बजेसम्म सञ्चालन हुने जनाएको छ । साथै शनिबार विहान १० बजेदेखि १२ बजे सम्म संचालन हुने भएको जनाइएको छ ।