भक्तपुरमा न्युनतम सहभागितामा सांकेतिकरुपमा जात्रा मनाउन आग्रह
असोज १५, २०७८, शुक्रबार | विहान ०२:०६ बजे | 30
जिल्ला प्रशासन कार्यालय भक्तपुरले कोरोना भाइरस संक्रमणको जोखिम कायम रहेको भन्दै जिल्लामा आज (बिहिवार) राति १२ बजेदेखि निषेध जारी गरेको जनाएको छ। अनावश्यकरुपमा मानिस जम्मा हुने, भिडभाड गर्ने, सभा जुलुश, जात्रा महोत्सव गर्न निषेध गरेको हो।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माल चाडपर्वमा हुने भिडभाडले कोरोना संक्रमण बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै कोरोना संक्रमणलाई रोकथाम र नियन्त्रणका लागि कडाइका साथ पालना गर्ने गराउन जानकारी गराइन्। प्रशासनले चाडपर्व तथा जात्राहरु स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी न्युनतम सहभागितामा सांकेतिकरुपमा सकेसम्म घरभित्रै परिवारका व्यक्तिहरु मात्र सामेल भएर मनाउन आग्रह गरेको छ।
प्रजिअ शर्माले नजिकिँदै गरेको चाडपर्वको समयमा बढी भिडभाड एवम् जोखिमयुक्त क्षेत्रहरु एवम् यात्रा गर्दा हुन सक्ने चोरी, ठगी लुटपाट अन्य गतिविधिबाट सर्वसाधारण सचेत रहने, यात्रा गर्दा आधिकारिक टिकट काउन्टरबाट मात्र टिकट काटी यात्रा गर्ने तथा सवारी साधनको छतमा यात्रा नगर्न नगराउन आग्रह समेत गरेका छन्।
फाेटाेमा हेर्नुहाेस्...