देशघाती एमसीसी सम्झौताको खारेजी माग गर्दै नेमकिपा
असोज १३, २०७८, बुधबार | विहान १०:२० बजे | 30
कोहलर । देशघाती एमसीसी सम्झौताको खारेजी माग गर्दै नेपाल मजदुर किसान पार्टीले बुधबार कोहलपुरमा विरोधसभा गरेको छ ।
नेमकिपा, कोहलपुर नगर समितिले कोहलपुरको न्युरोडचोकमा आयोजित कोणसभामा पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाईले संरा अमेरिकाको हिन्द–प्रशान्त सैन्य रणनीति अन्तर्गत अगाडि सारिएको एमसीसी सम्झौताले नेपाललाई संरा अमेरिकाको उपनिवेश बनाउने धारणा राख्नुभयो ।
ईष्ट इन्डिया कम्पनीले व्यापारको नाममा भारतलाई दुईसय वर्षसम्म उपनिवेश बनाएको उदाहरण राख्दै केन्द्रीय सदस्य गोसाईले अमेरिकी निगमले नेपाललाई उपपनिवेश बनाउन खोजेको भनाइ राख्नुभयोे । अमेरिकालाई अफगानस्तानमाथि हमला गर्न हवाईजहाजमा तेल भर्न नेपाली भूमि प्रयोग गर्न सहमति गर्ने नेकाको देउवा सरकार जसरी पनि एमसीसी सम्झौता पारित गर्न लागेको बताउनुभयो । एमसीसी सम्झौता संशोधन गरी पारित गर्ने शासक दलहरूको नियत सफा नभएको भन्दै गलत उद्देश्यबाट आएको परियोजना खारेज नै हुनुपर्ने उहाँको थियो ।
कोणसभामा नेमकिपा बाँकेको दोस्रो जिल्ला सम्मेलन तयारी समितिको संयोजक बखत थापाले नेपाली जनताले भारतीय विस्तारवाद तथा अमेरिकी साम्राज्यवादविरुद्ध सङ्घर्ष गर्नु आवश्यक छ भन्नुभयो । उहाँले विदेशी दलाल तथा देशघातीहरूलाई नेपाल जनताले सडकमा ल्याएर कार्यबाही गर्ने धारणा राख्नुभयो ।
कोणसभामा नेक्राविसङ्घका केन्द्रीय संयोजक प्रकाश गुरुङ, नेमकिपा कोहलपुर नगर समिति अध्यक्ष अन्जीर शाही र नेमकिपा बाँके दोस्रो जिल्ला सम्मेलन तयारी समितिका सदस्य नविन शाहीले भ्रष्टाचार नियन्त्रण र ठूला पुुुुुँजीपतिहरूबाट बक्यौता कर असुली गरेमात्र पनि देशमा ठूला परियोजनामा लगानी गर्न सकिने तर्क गर्नुभयो ।
फाेटाेमा हेर्नुहाेस्...