भक्तपुर । जिल्ला स्काउट भक्तपुरको आयोजनामा कोभिड १९ बारे तीनदिने अभिमुखिकरण कार्यक्रम चाँगुनारायण नगरपालिका वडा नं ३ न्यौपाने गाउँस्थित फुलब्राईट स्कुलको प्राङ्गणमा एक समारोहबीच बिहीबारबाट सुरु भयो । जिल्ला आयुक्त रामगोपाल कर्माचार्यले शुभारम्भ गर्नुभएको कार्यक्रममा २३ जना युवा स्काउटहरुको सहभागिता रहेको थियो ।
उक्त कार्यक्रमको मुख्य उद्धेश्य विश्वमा महामारीको रुपमा फैलिएको कोरोना रोग नियन्त्रणका लागि सरकारले लागू गरेको बन्दाबन्दी कार्यान्वयन गराउनु रहेको जनाइएको छ । लकडाउन हाल खुकुलो भएको अबस्थामा सर्बसाधारणले रोग नियन्त्रणका लागि पालना गर्नुपर्ने आधारभुत मापदण्डलाई पालनागराउनु रहेको जनाइएको छ । प्रचारप्रसारको माध्यमबाट स्काउट मार्फत ग्रामीण समुदायसम्म पु¥याउन ग्रामीण क्षत्रकै युबा स्काउट वरिचालन गर्ने कार्यक्रमको उद्देश्य रहेको जनाइएको छ ।
[[img2]]
तीनदिने प्रशिक्षणमा नेपाल प्रहरी, नेपाली सेना, भक्तपुर अस्पताल प्रशिक्षकहरुबाट प्रशिक्षण हुनेछ । समारोहमा कार्यक्रम संयोजक अरुण सैँजू, प्रिन्सिपल राजेश दाहालले आफ्नो बिचार राख्नुभएको थियोे । स्काउट लिडर शोहन रञ्जितले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।