अमेरिकी कम्पनी एमसीसीसग गरेको सम्झौता खारेजीको माग
असोज १२, २०७८, मङ्गलबार | विहान ०४:३२ बजे | 35
सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयमा अध्यापनरत प्राध्यापनकहरूले नेपाल
सरकारले संयुक्त राज्य अमेरिकी कम्पनी एमसीसीसग गरेको सम्झौता खारेजीको माग गरेका छन् ।
नेपाल प्राध्यपाक समाज (नेप्रास), मध्यपश्चिम विवि एकाइ समितिले सोमबार आयोजना गरेको एक अन्तरक्रियामा वक्ताहरूले एमसीसी सम्झौताले नेपालको सार्वभौम अस्तित्व समाप्त पार्ने धारणा राख्नुभयो । नेप्रासका अध्यक्ष सरोजराज गोसाईले एमसीसी अमेरिकाको हिन्दप्रशान्त सैन्यरणनीतिअन्तर्गत प्रस्ताब गरिएको परियोजना भएको भन्दै अमेरिकी सेनाले नेपालमा परेड खेल्ने र नेपाल युद्धभूमिमा परिणत हुने विचार राख्नुभयो । ।
मध्यपश्चिम विविका उपप्राध्यापक डा. पुष्पराज आचार्यले विदेशी भनेपछि हिनतावोध गर्ने संस्कृतिको कारण नेपाली अपमानित हुनुपरेको भन्दै नेपालको सुरक्षासग जोडिएको विषयमा नेपाली गम्भीर हुनुपर्ने धारणा राख्नुभयो । उहा“ले विद्वान भन्नेले नै समाजलाई दिग्भ्रमित पारेको उल्लेख गर्दै उहाले यसबाट गरिखाने वर्ग शोषणमा परेको विचार राख्नुभयो ।
नेमकिपा, सुर्खेतका सदस्य गणेश खड्काले भारतलाई प्रयोग गरी नेपालबाट चीनलाई हान्ने उद्देश्यले नेपालमा एसीसी परियोजना ल्याइएको भन्दै पु“जीवादी प्रजातन्त्रबाट कामदार वर्गले आफ्नो अधिकार पाउन्नन् भन्नुभयो ।
थियो