नेपालमा ग्रुप कल ४ गुणाले बढ्यो : भाइबर
2020-05-20 03:02:07
दुई सातायता नेपालका भाइबर प्रयोगकर्ताले गर्ने ग्रुप कल ४ गुणाले बढेको भाइबरले जनाएको छ ।
भाइबरले विज्ञप्ती जारी गर्दै नेपालमा भाइबर कम्युनिटी प्रयोगकर्ता पनि ६६ प्रतिशतले बढेको जानकारी दिएको छ ।
लकडाउनयता
भाइबरमार्फत हुने कल र म्यासेजको संख्या बढेको विज्ञप्तीमा जनाइएको छ ।
संसाभरका प्रयोगकर्ताले गर्ने ग्रुप कलको संख्या १ सय ३४ प्रतिशतले बढेको
भाइबरले जनाएको छ । यस्तै, लकडाउन सुरु भएपछि भाइबरमा २० जनासम्मले ग्रुप
अडियो कल गर्न मिल्ने सुविधा थपिएको थियो । जुन त्यसअघि ५ जनाको लागि
मात्रै उपलब्ध हुन्थ्यो ।
प्रतिक्रिया