सूर्यविनायक कांग्रेसमा निशान ढुंगेल


असोज १०, २०७८, आइतबार | दिउँसो ०३:३१ बजे | 40


सूर्यविनायक कांग्रेसमा निशान ढुंगेल

नेपाली कांग्रेस सूर्यविनायकको सभापतिमा निशान ढुंगेल विजयी भएका छन् । ढुंगेलले १४५ मत ल्याउँंदा उनका प्रतिद्धन्द्धी रवि राणाले १०९ मत ल्याएका थिए ।
ढुंगेल पार्टी जिल्ला सचिव पनि हुन् । साथासाथै उनी पार्टी जिल्ला सभापति दुर्लभ थापा पक्षका हुन् ।
यता चाँगुनारायण नगरपालिकामा यसअघि नै शिवहरि केसी सभापतिमा बिजयी भएका थिए । केसीले १८८ मत ल्याउँंदा गोपाल पौडेलले ८८ मत ल्याएका थिए ।
त्यस्तै यसअघि नै मध्यपुर थिमि नगरपालिकामा हरिदास प्रजापतिले १९० मत ल्याई पुरै प्यानल बिजयी भएको थियो । प्रजापतिले यति मत ल्याउँंदा सुरेन्द्र श्रेष्ठले ८५ मत ल्याएको थियो । ४९ मत बदर भएको निर्वाचन कमितिले जनाएको छ ।
यसअघि भक्तपुर नगरपालिकामा राजेन्द्र तमखुको प्यानल नै विजयी भएको थियो । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आइतवार भएको निर्वाचनमा.नगर कार्यसमितिमा तमखुको प्यानल विजयी भएको थियो । यस हिसावले भक्तपुरको चारवटै नगरपालिकाको निर्वाचन परिणाम आइसकेको छ ।


Comments