नेपाली कांग्रेस ः निवर्तमान सभापति कासुलालाई कसरी हराए तमखूले ?


असोज १०, २०७८, आइतबार | विहान ११:०२ बजे | 45


नेपाली कांग्रेस ः निवर्तमान सभापति कासुलालाई कसरी हराए तमखूले ?

नेपाली कांग्रेस भक्तपुर नगर समितिमा राजेन्द्र तमखूको प्यानल विजयी भएको छ । पार्टीको १४ औं महाधिवेशन अन्तर्गत आइतवार सम्पन्न भक्तपुर नगरको निर्वाचनमा तमखूले ८९ मत ल्याएर बिजयी भएका थिए । पराजित राम कासुलाले ६८ मतमा सिमित भए । कासुल निवर्तमान पार्टी नगर सभापति थिए ।
तमखूको प्यानलै विजयी भएको हो । उपसभापतिमा तमखू प्यानलका राजन जोशी र रोशन तुकबन्जार, सचिवमा रत्नसुन्दर खुजू र सुनिलराज दैवज्ञ, सहसचिवमा विष्णुप्रसाद गणेजू र आरती रञ्जित, नगर क्षेत्रीय प्रतिनिधिमा रमा ढकाल शिल्पकार र विश्वजित भैल विजयी भएका छन् ।

Comments