समसामयिक प्रसङ्ग – भारत र गान्धी


असोज १०, २०७८, आइतबार | विहान ०७:०४ बजे | 10


समसामयिक प्रसङ्ग – भारत र गान्धी

सुनील सापकोटा
महात्मा गांधी अमेरिका कहिले  गएनन् । तर  गांधीको  सब भन्दा बढी प्रतिमाहरु ,स्मारकहरु र संस्थाहरु  अमेरिकामा नै छन । उपलब्ध जानकारी अनुसार अमेरिकामा  गांधीको दुई दर्जन भन्दा बढी प्रतिमाहरु, एकदर्जन भन्दा ज्यादा सोसाइटी र संगठनहरु छन ।
महात्मा गांधी भारतका एउटा यस्ता  नेता हुन जसको भारत सहित ८४ देशहरुमा मूर्तिहरु स्थापित गरिएको छ र उनको जन्मदिवस पुरै दुनियाँमाअहिंसा दिवसको रुपमा मनाइन्छ।

महात्मा गांधी हत्याको २१ बर्ष पछी ब्रिटेनले उनके सम्मानमा हुलाक टिकट जारि गरेको पाइन्छ । जबकि यहि ब्रिटेन लाई  भारतियहरुले आफ्नो देश बाट भगाइ गांधीको नेतृत्वमा स्वतन्त्रता  हासिल गरेका थिए ।

नेल्सन मंडेला , मार्टिन लूथर किंग , दलाइ लामा सम्म  गांधीको अनुयायी हुन् ।  बराकओबामा जस्ता तमाम कतिपय “  वर्ल्ड लीडरहरु “ आज पनि गांधीको सिद्धान्तलाई सम्मान गर्छन् ।

गान्धीले कहिले झुठ बोलेनन् । जहिले पनि उनले आफ्नो गल्तीहरु लाई ढाकछोप न गरि बरु सार्वजनिक गरे। उनको कथनी र करनी मा कुनै  फरक  हुदैनथ्यो ।

हिजोआज भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिकाको भ्रमणमा छन। हिजो अमेरिकी प्रेसिडेन्ट बाइडेनले नरेन्द्र मोदी संग वार्ता गर्दा गान्धीको नाम बडो सम्मान संग लिए , सम्झे । “ यो दुनियाँको आशा गांधीको ट्रास्टिसीपमा छ “ पनि बाइडेन ले भने । बाइडेन यो पनि भने कि “ हामी आउँने हप्ता महात्मा गांधीको जन्मदिन मनाउँदैछौ र उक्त दिनमा हामी गांधीको अहिंसाको संदेशको याद गर्नेछौं । त्यो  बेला नरेन्द्रमोदीको मनमा गांधी बारे जे  कुरा भए पनि मुखले  उनले  गान्धीको प्रसंशा गर्नै प¥यो ।

भारतीय राजनिती लाइ नजिक बाट चसो राख्ने नेपालीहरुले बुझेकै हुनु पर्छ  कि गान्धीको हत्या यिनै नरेन्द्रमोदीको पुरानो पार्टी संघका मानिसले गरेका थिए र अहिले पनि भारतमा यिनिहरु गांधीको बिरोध र आलोचना गरिरहेका छन।

अन्त्यमा , जसले जेसुकै भनुन , मेरो बिचारमा नरेन्द्र मोदीको पार्टीले  अहिले  भारतमा   गांधीको जति आलोचना र बिरोध गरेपनि बिदेशमा त भारतको मान गांधीले नै बढाएका रहेछन

Comments

ताजा खबर